१८ पुस २०८२, शुक्रबार | January 2, 2026

चार करोड लगानीमा तिलोत्तमाको गोर्कट्टामा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा



बुटवल । रुपन्देहीको तिलोत्तमा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ गोर्कट्टाकाे हरियाली पार्क नजिकै चार करोड लगानीमा रेस्ट्रो सञ्चालन आएको हो ।

आज एक समारोहकाबिच तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले रिबन काटेर रेस्ट्रोको शुभारम्भ गरे ।

उद्घाटन अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै रेष्ट्रोका संचालक शिव रिजालले नेपाली, इन्डियन, कन्टिनेन्टल, माछाको परिकार, तन्दुरीसंगै सेकुवा र छोइलाको स्वाद चाख्ने पारखीसहित खाना र आरामदायी बसोबासको ब्यबस्था रहेको बताए । पारिवारिक शान्त वातावरणमा मौलिक खानाका परिकारहरुसहित आरामदायी बसोबासको व्यवस्था सहित रेस्ट्रो सञ्चालनमा आएको छ । बुटवल मिलनचोक तीनकुनेमा २०५८ सालबाट होटल संचालन गर्दै आएका शिव रिजाल झुंगी कटेज एण्ड रेस्ट्रो मार्फत स्वादका पारखीलाई नँया र फरक स्वाद दिन लागेको बताए ।

लामो समयको लकडाउनसंगै बन्द रहेको अर्थतन्त्र पछि नँया योजनाका साथ रेस्ट्रो संचालनमा ल्याइएको रेस्ट्रोका अर्का संचालक देवी पाण्डेले बताइन । चार करोड लगानीमा संचालन भैरहेको रेस्ट्रोमा एसी तथा ननएसी गरी ८ वटा सुविधायुक्त रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा विवाह ब्रतबन्ध पार्टी र भोजका लागि पूर्ण एसीसहितको हलको व्यवस्था गरिएको पाण्डेको बताइन ।

पत्रकार मोहन न्यौपानेको संचालनमा भएको सो पत्रकार सम्मेलनमा सुदीप पाण्डे, अमरदीप बिसी लगायतले बोलेका थिए । शुभारम्भका अवसरमा ३ दिनसम्म सांगितिक कार्यक्रम गरिने सुदीप पाण्डेले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ४८ बजे

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य

महामन्त्रीद्वय समुह र देउवा समुहको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्नुअघि पार्टी सभापति