२० मंसिर २०८२, शनिबार | December 6, 2025

बर्दियामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो



बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षिय रुप्सी कुमाल रहेको प्रहरीले जनाएको छ । कुमालको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कुमालको मृत्यु भएको हो ।

दुर्गुघटनामा जिपमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेमा गुलरिया नगरपालिका–७ बस्ने ७० वर्षिय चक्रपाणी घिमिरे, गेरुवा गाउँपालिका–३ बस्ने १९ वर्षिय मनिराम थारु, वडा नम्बर ४ बस्ने ६४ वर्षिय नर प्रसाद काफ्ले, १८ वर्षिय सनम थारु, राजापुर नगरपालिका–४ बस्ने ६१ वर्षिय खुशीराम थारु, मधुवन नगरपालिका–५ बस्ने ७५ वर्षिय धनिराम कुमाल, वडा नम्बर ६ बस्ने २३ वर्षिय सोनम बिक, वडा नम्बर ९ बस्ने २० वर्षिय आशिष थारु, ठाकुरबाबा नगरपालिका–३ बस्ने ५४ वर्षिय भुन्टि थारु र बाँके नेपालगंज उपमहानगरपालिका–२ बस्ने ३० वर्षिय भावना केसीको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ दम्की स्थित भुरिगाउँबाट गुलरिया तर्फ आउँदै गरेको भे १ ज ८७९ नम्बरको बलेरो जिप साईकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो । बलेरो अनियन्त्रित भई सडक देखी १७ फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात चालक फरार भएका थिए ।

हाल प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । सुर्खेत घर भई हाल ठाकुरबाबा नगरपालिका–३ बस्ने चालक पहर सिंह बडवाललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ९ : ४७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति