१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

आजदेखी काठमाडौंमा १८ वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा दिइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो ।

महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप लगाउन सकिने बताइएको छ ।

निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिनेछ ।

महानगरपालिकाले खोप केन्द्रमा आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन भनेको छ । खोपका लागि अनलाइन दर्ता अनिवार्य छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ५३ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले