११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देही उद्योग संघमा सबै पदहरु निर्विरोध, शनिबार एमाले उप महासचिव विष्णु पौडेलले २२ औ अधिवेशनको उदघाटन गर्दै



बुटवल । अन्ततः रुपन्देही उद्योग संघको २२ औ अधिवेशनमा निर्वाचन नहुने भएको छ । पूर्व अध्यक्षहरुको समुहले बनाएको प्यानलका विरुद्ध २ वटा पदमा उम्मेदवारी दिएका दबै जनाले उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेपछि संघमा निर्वाचन नहुने भएको हो ।

पूर्व अध्यक्षहरुले तयार पारेको सर्वदलीय प्यानलका विरुद्ध महासचिव पदमा माया खनाल र सचिव पदमा यामलाल भट्टराईले उम्मेदवारी दिएका थिए । प्यानलको महासचिव हरिबहादुर खत्रीका विरुद्ध माया खनाल र सचिव पदमा उम्मेदवार बसन्त ढकालका विरुद्ध यामलाल भट्टराईले उम्मेदवारी दिएका थिए ।

पूर्व अध्यक्षहरुले उम्मेदवारी छनौटमा भएको कमी कमजोरी स्विकार गरेर अवका दिनमा अवसर दिने आश्वासन दिएका कारण आफुले उम्मेदवारी फिर्ता लिएको महासचिव पदका उम्मेदवार माया खनालले बताइन् । अग्रजहरुले अन्याय गर्नु भएको थियो, छलफलमा अन्याय भएको कुरा स्विकार गरेपछि उम्मेदवारी फिर्ता लिइयो । उनले भनिन् , कोरोना महामारीमा निर्वाचनमा जाँदा थप जोखिम हुने भएकाले पनि सर्वसम्मतको पक्षमा उभिनुपरेको हो ।

सचिव पदमा उम्मेदवार यामलाल भट्टराईले पनि उद्योग संघको नेतृत्वमा केही समस्याहरु रहेको र आगामी दिनमा समास्या समाधान गर्दै सबैले समेटेर लैजान अग्रज उद्योगीहरु सहमत भएपछि उम्मेदवारी फिर्ता लिएको बताए ।

शनिबार हुने संघको २२ औ अधिवेशनबाट आगामी कार्यकालका लागि माधव पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन हुने भएका छन् । अधिवेशनको एमाले उपमहासचिव विष्णु पौडेलले उदघाटन् गर्ने छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ३ : ४७ बजे

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको