६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा विस्फोटक पदार्थ पटाकाको गोदाममा प्रहरीको छापा, १० लाख बराबरको पटाका बरामद, एकजना पक्राउ



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले करीब १० लाख मुल्य बराबरको अबैध पटाका सहित एकजनालाई पक्राउ गरेको छ । दशैं तिहार छठलाई लक्षित गरी भारतबाट अबैधरुपमा नेपाल भित्राइएको पटाका आज प्रहरीले पक्राउ गरेको हो ।

अबैध पटाकाहरु बिक्री गर्ने प्रयोजनका लागि बुटवलमा घरभाडामा लिएर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ । बुटवल ११ मजुवाको एउटा घरमा लुकाएर राखिएको पटाका बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले बताए ।

पटाका सहित प्रहरीले पटाका बिक्रीमा संलग्नन एकजनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालीका ७ पाल्पा स्थायी घर भएर हाल बुटबल उपमहानगरपालीका ११ मजुवा ३१ वर्षिय बिस्मिल्ला मुसलमान हुन् ।

भारतबाट चोरी तस्करी गरी बुटबल भित्राएर बिक्री गर्ने गर्ने तैयारी गरीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलको टोलिले पटाका सहित मुसलमानलाई पक्राउ गरेको थियो । घर भाडामा लिएर किराना पसल गदै आएका मुसलमानले पसल भित्र पटकाहरु राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको र्डीसपी कुँवरले बताए । कुँवरका अनुसार करीव ९ लाख मुल्यको १५ हजार ३ सय ८१ प्याकेट बिभीन्न आकारका साईजका पटाका प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडबाडमा हुने अवान्छित कृयाकलाप रोक्न इलाका प्रहरी कार्यालय बुटवलले एक टोलीनै परिचालन गरेको कुँवरले जानकारी दिए । पपक्राउ परेका मुसलमान विरुद्ध विष्फोटक पदार्य सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : ३६ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा