५ भदौ २०८३, शुक्रबार | August 21, 2026

ठूला राजनीतिक दलहरुको दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने अवस्था आयो : चित्रबहादुर केसी



बुटवल । नेकपा मसाल निकट अखिल छैठौंको २२ औ राष्ट्रिय महाधिवृशन बुटवलमा शुरु भएको छ । आज बाट शुरु भएको राष्ट्रिय सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले ठूला राजनीतिक दलहरुको दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने अवस्था आएको बताए । केसीले आफुलाई ठूलो दल भन्नेहरुले सत्ताका लागि देशी विदेशी तत्वहरुसंगको सांठगाठ गर्दा नेपालको राष्ट्रिता, स्वतन्त्रता र स्वाधीनता कमजोर भएको जिकिर गरे ।

उनले देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, गणतन्त्रको रक्षाका लागि विद्यार्थीले राजनीति बुझ्नु पर्ने बताउँदै विद्यार्थीले सही प्रकारको राजनीति बुझेमा देशमा जनताले चाहेको परिवर्तन हुन सक्ने बताए । नेपालको शिक्षा नीतिले विदेशीको दलाली र चाकडी गर्ने जनशक्ति तयार गरिरहेको बताउंदै अहिलेका सत्ताधारी नेतृत्व राजनीतिक रुपमा नै विचलित भइसकेकाले त्यस्तो नेतृत्वबाट सही शिक्षा नीति बन्नै नसक्ने उनले बताए ।

उनले ठूलादलहरुमा देखापरेको राजनीतिक विकृति र विसंगतिको परिणामले निम्ताएको अकर्मण्यताको फल नेपाली जनताले भोगिरहेको बताए । नेता केसीले ओलीले संसद विघठन गर्दै प्रतिगमनकारी कदम चाल्दा त्यसको विरुद्धमा एक ठाउंमा भएको गठबन्धनले जनताको आकांक्षा अनुरु कामगर्न नसकेको पनि बताए ।

उनले संघीयताका कारण राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता संकटमा परेको बताउंदै एमसीसीका बिरुद्व राष्ट्रवादी शक्ति एक ठाउंमा उभिने बेला आएको बताए ।

अखिल छैठौंका केन्द्रिय अध्यक्ष विमल पोखरेलले अहिले शिक्षा प्रणाली असफ सिद्व भएको उल्लेख गर्दै देशको शिक्षा प्रणाली नै गलत भएका कारण बेरोजगार बढेको बताए । शिक्षाको दालालीकरण र माफिया करण फैरहको भन्दै त्यसको जालो तोड्न सशक्त आन्दोनको आवश्यक रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।

तीन दिन सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ५० बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको