२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

औषधि ब्यवसायी संघको दशैँ शुभकामना



बुटवल । औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लाका स्वास्थ्य क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाबिच बिजयादशमी, शुभ दिपावली, छठ, इद तथा नेपाल सम्बतको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरिएको हो ।

एक समारोहका बिच औषधि ब्यवसायी संघ केन्द्रिय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गर्दै संवेदनशिल मानिने ब्यवसायलाई जोगाउन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्ति निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाललाई बधाई तथा शुभकामना ब्यक्त गर्दै जिल्ला अध्यक्ष अध्यक्ष सुरज भट्टराईले स्वस्थ्य हबका रुपमा विकास भैरहेको रुपन्देही विकासको गति लिईरहेको बताए । स्वास्थ्य सरोकारवाला निकायहरु एकजुट भई सहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव दिदै औषधि ब्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।

नवनियुक्त निमित्त मे.सु.डा. इन्द्र ढकालले प्रादेशिक अस्पतालबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्घता जनाए। पुर्वाधार विकासको काम तिव्र बढिरहेको अस्पतालको सेवालाई विशेष ध्यान दिएको उनले बताए ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ, प्रदेश अध्यक्ष शिव ज्ञवाली, एन.एम.ए . प्रदेश वरिष्ठ उपाध्यक्ष डा. डि.बि. खत्री, संघका उपाध्यक्ष खडक बस्नेत, महासचिव पुरुषोत्तम भट्टराईले नितिगत रुपमा परेको समस्या हटाउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न स्वास्थ्य क्षेत्र सङ्ग सम्बन्धित संस्थाहरु आम्दा अस्पताल, पिन, अफिन, फार्मेसी एसोसिएसन, एनएमएसआरए, मेलान, केम्सन आदिका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा ब्यवसायी संघ लुम्बिनी प्रदेशका पदाधिकारीहरुले शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ५९ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने