१९ बैशाख २०८१, बुधबार | May 2, 2024

लगानी बोर्डद्वारा अरुण तेस्रो र जुमखोलाका लागि ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत



काठमाडौं । लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको ४८ औँ बैठकले अरुण तेस्रो र जुम खोलाको लागि ७३ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो । अरुण तेस्रोको लागि ६२.२६ अर्ब रुपैयाँको पूँजीवृद्धि र जुम खोलाको लागि १०.५ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बोर्डका सहप्रवक्ता रमेश अधिकारीले बताए । लगानी स्वीकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ । ९०० मेगावाट क्षमताको अरुण तेस्रो संखुवासभामा निमाणाधीन छ ।

यसैगरी बैठकले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

बोर्ड बैठकले सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको शेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको अधिकारीले बताए ।

बैठकमा मन्त्रालय र लगानीबोर्डको समन्वयलाई अझ सशक्त गर्ने गरी लगानी प्रवद्र्धन गर्न र लगानी गरिएको कुरालाई विद्युत क्षेत्रमा लगानी गर्दा खपतको योजनासहित अघि बढाउनुपर्ने विषयमा छलफल भएको सहप्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : ४७ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी