३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

साफ फुटबल : आज भारतसँग भिड्दै नेपाल, भारतलाई हराएमा नेपाल फाइनल पुग्ने



काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

आज साफमा भारतलाई हराए नेपाल फाइनल पुग्नेछ । यसअघि नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरिसकेको छ । भारत भने पहिलो जितको खोजीमा छ । लगातार दुई खेलमा अंक बाँडेको भारत नेपालसँग तीन अंक खोस्ने दाउमा छ । सात पटकको च्याम्पियन भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो ।

साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाली टोली भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ । सिंगल राउन्ड रोबिन लिगको शीर्ष दुईले उपाधिका लागि खेल्नेछन् । प्रतियोगितामा नेपाल २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा माल्दिभ्सलाई १(० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३(२ ले हराएको थियो ।

भारत २ खेलमा २ अंक जोडेर चौथो स्थानमा छ । नेपालले हालसम्म भारतसँग २१ खेल खेलेको छ । जसमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : १२ बजे

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन

दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका