२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदै, यस्ता छन कार्यक्रम



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदैछन । प्रधानमन्त्री देउवा गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आज पोखरा जान लागेका हुन ।

उनी बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ । पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छन् ।

दिउँसो ३ बजे पोखरा-१७ मा चियापान एवं अन्य कार्यक्रममा सहभागी हुनेछन् भने अपराह्न ५ बजेपछि राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन् ।

देउवा आइतबार पोखरामै बस्नेछन् । सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ३९ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक