१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी



काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच विस्तार गर्न काठमाडौं उपत्यकामा ३० वटा नयाँ बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ। संस्थानले साउन महिनाभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राख्दै उपभोक्तालाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने योजना अघि बढाएको हो।

डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार बुढानीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर र नयाँ बानेश्वरलगायतका स्थानमा नयाँ मोडेलका बिक्री केन्द्र स्थापना गरिनेछ। यसले उपभोक्तालाई दूध तथा दुग्धजन्य उत्पादन सहज रूपमा उपलब्ध गराउने विश्वास गरिएको छ।

यसैक्रममा डिडिसीले वसन्तपुर डबलीमा आधुनिक स्वरूपको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। पर्यटकको उच्च चहलपहल हुने उक्त क्षेत्रबाट दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी र अन्य उत्पादन बिक्री गरिनेछ।

संस्थानले काठमाडौंबाहिरका प्रमुख सहरमा पनि बिक्री सञ्जाल विस्तार गर्ने योजना बनाएको छ। साथै, निकट भविष्यमै अनलाइनमार्फत अर्डर र होम डेलिभरी सेवा सुरु गर्ने तयारी भइरहेको जनाएको छ। डिजिटल माध्यमबाट बिक्री विस्तार गर्दै उपभोक्तालाई थप सहज सेवा प्रदान गर्ने डिडिसीको लक्ष्य रहेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : २३ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार