२५ चैत्र २०८२, बुधबार | April 8, 2026

हिरासतभित्र रहेका व्यक्तिको मृत्युपछि सुनसरीको इनरुवामा तनाब, प्रहरीसहित एक दर्जन बढी घाइते



सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर इनरुवा तनावग्रस्त बनेको छ ।

अभद्र व्यवहार मुद्दामा थुनामा रहेका भोक्राहा ५ का मोहम्मद हकिव साहको हिरासतभित्रै मृत्युभएपछि उनका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण गरेको थियो । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको थियो ।

प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि प्रहरीले प्रर्दशनकारीलाई लखेटेको छ । त्यसक्रममा प्रहरीले आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको थियो । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् ।

आक्रोशित प्रदर्शनकारीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।

प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको उनीहरुको आरोप छ । तर पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १२ : २० बजे

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले