८ बैशाख २०८१, शनिबार | April 20, 2024

हिरासतभित्र रहेका व्यक्तिको मृत्युपछि सुनसरीको इनरुवामा तनाब, प्रहरीसहित एक दर्जन बढी घाइते



सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर इनरुवा तनावग्रस्त बनेको छ ।

अभद्र व्यवहार मुद्दामा थुनामा रहेका भोक्राहा ५ का मोहम्मद हकिव साहको हिरासतभित्रै मृत्युभएपछि उनका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण गरेको थियो । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको थियो ।

प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि प्रहरीले प्रर्दशनकारीलाई लखेटेको छ । त्यसक्रममा प्रहरीले आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको थियो । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् ।

आक्रोशित प्रदर्शनकारीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।

प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको उनीहरुको आरोप छ । तर पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १२ : २० बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा