११ श्रावण २०८३, सोमबार | July 27, 2026

वालिङको मदी खोलामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु



स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

वालिङबाट गल्याङ नगरपालिका-१० लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नंको जिप कच्ची सडकबाट ५० मिटर तल खस्दा जिपमा सवार गल्याङ नगरपालिका-१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गङ्गा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

जिपमा सवार १९ मध्ये दुईजनाको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उकालो कच्ची सडकमा जिप अनियन्त्रित भएर दुर्घटना हुँदा जिपमा सवार गल्याङ नगरपालिका-१० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल विक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली र २४ वर्षीया तिर्सना घाईते भएका छन् ।

त्यस्तैगरी गल्याङ-१० कै ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रीता गाहा, दुई वर्षीय एञ्जल गाहा, २२ वर्षीया पुष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, तीन वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली, वालिङ नगरपालिका-१० बझाकोटकी २४ वर्षीया सपना थापा र दुई वर्षीय नवीन थापा घाइते भएका छन् ।

मध्यम घाइते भएका ६ जनालई थप उपचारका लागि पोखरा लगिएको छ भने सामान्य घाइते भएकाहरूको अहिले गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए । चालकको अवस्था सामान्य रहेको छ ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । दसैँको बेला वालिङ बजारबाट गाउँतर्फ फर्केका धेरै एउटै वडाका बासिन्दा परेका छन् । रासस

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : १४ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम