१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बागेश्वरी मन्दिरका पुजारी महन्तबाट पत्रकारमाथि दुर्व्यवहार, ५ जना जोगी लगाएर पत्रकार लखेटियो



नेपालन्ज । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको अरवौं मुल्यको जग्गा हिनामिना तथा वर्षोदेखि मन्दिरको पुजाआजाबाट आउने दक्षिणा दानको रकममा एकलौटी ब्रम्हलुट मच्चाउने गरेको पुजारी चन्दननाथ योगीले दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । मन्दिरमा पुजा गर्न आउने दर्शनार्थीहरुको रिपोर्ट बनाउन पुगेका कान्तिपुर टिभिका लुम्बिनी प्रदेश प्रमुख जीवन पाण्डे माथि पुजारी योगीले दुर्व्यवहार गरेका हुन् ।

मन्दिर परिषरमा दर्शनार्थिहरुसँग बाईट लिने तयारी गरेका पाण्डे र क्यामेरा पर्शन सबिता जीसीमाथि पुजारी योगीले आक्रमण गर्न खोजेको पत्रकार पाण्डेले जानकारी दिए । उनले मन्दिरको कम्पाउण्ड भित्र भिडीयो खिच्न नपाउने भन्दै ५ जना अन्य सहायक पुजारीहरु समेतलाई बोलाएर पत्रकार पाण्डे माथि आक्रमण गर्न खोजेको उनले बताए ।

पुजारी योगीको पत्रकार माथिको दुर्व्यवहारको द्दटना यो पहिलो होईन । मन्दिरको जग्गा र हिनामिनाका विषयमा रिपोर्ट बनाउन गएका टिभि पत्रकार शरण कर्माचार्य र तिलक गाँउले माथि पनि योगीले केहिवर्ष पहिले सांघातिक आक्रमण गर्न खोजेका थिए । चैते दशैं र वडा दशैंमा मन्दिरमा बली चढाउने तथा दान गर्ने भक्तहरुको संख्या बढी हुने र त्यो आम्दानी आफुले एकलौटी गरेको दृष्य सार्वजनिक हुने डरले पुजारी योगीले एक पक्षियरुपमा मन्दिर परिषरमा दृष्य खिच्न नपाउने सुचना समेत लेखाएका छन् ।

बागेश्वरी गुठि व्यवस्थापन समितिले मन्दिर परिषरमा फोटो खिच्न, पत्रकारलाई समाचार बनाउन प्रतिबन्ध लगाउने कुनै निर्णय नगरेको गुठि समितिले जनाएको छ । गुठी समितिका संयोजक तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्सेर राणाले गुठी समितिबाट पत्रकारलाई भिडियो खिच्न नपाउने गरि कुनै निर्णय नभएको बताए । खबरकुरासँग कुरा गर्दै उनले पत्रकार माथि भएको दुर्व्यवहार प्रति खेद व्यक्त गर्दै भोलिका दिनमा त्यस्तो हर्कत नगर्न पुजारीलाई आग्रह गरे ।

पुजारी यागीले मन्दिरको सम्पत्ती हिनामिना गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको छ । ‘अख्तियारलाई छानवीन नगर भनेर गुठी समितिले कसरी भन्न सक्छ ?’ नगर प्रमुख राणाले प्रश्न गरे ।

घटनाका सम्बन्धमा बाँके प्रहरीले पनि चासो ब्यक्त गरेको छ । बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले आज दिउँसो प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर आवश्यक निर्णय गरिने बताए । उता नेपाल पत्रकार महासंघ बाँके शाखाले घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारलाई निर्वाध समाचार संप्रषणको वातावरण तयार गरिदिन प्रशासनसँग माग गर्दै महासंघका सचिव कमल डाँगीले दुर्वयवहारको घटनाको निन्दा गरे ।

यस्तो छ पुजारी र हिनामिनाको कथा :

सन १२६७ मा बांके कम्पनी सरकारको अधिनस्त रहंदा बलरामपुर स्टेटका महाराज दिगबिजय सिंहले सनद गरि बागेश्रीलाई ईन्द्रपुर करमोहना क्षेत्रको करिव १ सय बिगाहा जग्गा दिएका थिए । २०२५ साल सम्म बागेश्वरी मन्दिरको नाममा ९९ बिघाहा ५ कट्टा १४ धुर सम्म थियो । बांकेको ईन्द्रपुर गांउबिकास समितीको करमोहोना गांउमा मन्दिरको नाममा रहेको उक्त जग्गाको अहिले सबै ब्यक्तिहरुका नाममा पुगेको छ । करमोहोनामा भएको मन्दिरको नाममा रहेको जग्गा मध्ये २०२८÷०७÷१४ गते तत्कालीन भुमि प्रसासन कार्यालय बांकेको निर्णय अनुसार नित्य पुजा गर्ने र सन्त महन्तहरुको आयमा आवास तथा हण्डि दिने परम्परा अनुसार महन्तका दरसन्तानले खाने गरी महन्त द्धय हरीहरनाथ योगिलाई ९ बिघाहा १९ कट्टा ५ धुर र चन्दननाथ योगिलाई ९ बिघाहा १३ कट्टा १२ धुर रजिष्ट्रेसन गरी दिईएको थियो । तत्काल मन्दिरका नाममा रहेको ९९ बिघाहा जग्गा २०२८ सालमा दर्ता हुंदा ८७ बिघाहा २ कट्टा ३ धुरमा सिमीत भयो । तर बांकी जग्गाको रेकर्ड अहिले सम्म पनी कोही कसैसंग छैन ।

२०२८ सालमा मन्दिरको नाममा रहेको ८७ बिघाहा २ कट्टा ३ धुर बाट पुजारी महन्तहरुलाई दिई बंचेको शेष जग्गा समेत षडयन्त्रमुलक तरीकाले रैतान गुठिमा परीणत गरी पुजारीहरुले बेचि सिध्याएका छन ।
अहिले बागेश्वरीको नाममा खजुराखुर्द गाबिसको वार्ड न. २ मा रहेको ३ बिघाहा ११ कट्टा १४ धुर र नेपालगञ्जमा गोश्वारा नापीमा दर्ता हुन बांकी हाल मन्दिर रहेको जग्गा बाहेक सरकारी श्रेस्तामा अन्य जग्गा देखीदैन । खजुराखुर्दमा राम प्रसाद दवाडले ४ बिघाहा जग्गा मन्दिरका नाममा चढाएपनी हाल आएर सो जग्गा ३ बिघाहा ११ कट्टा १४ धुरमा सिमीत भएको छ ।

उता परसपुर ९ का बालक अहिरले चढाएको ३ कट्टा १ धुर जगगाको समेत मन्दिर संग कुनै स्वामित्व छैन । २०१३ सालमा नेपालगञ्ज नगरको सल्यानी बागमा संकर प्रसाद उपाध्यले चढाएको १ बिघाहा १५ कट्टा जग्गा मन्दिर ब्यबस्थापन समितीले ब्यवास्ता गरेपछी २०२५ सालको सर्भे नापीमा दाता उपाध्यकै श्रीमतीहरुले आफनो नाममा नापी गराएका थिए ।

त्यसो त मन्दिरमा दैनिक रुपमा संकलन हुने रकमको पनी कुनै लेखाजोखा छैन बागेश्वरी मन्दिरमा । बडा दशैं र चैते दशैमा बलि चढाउदा संकलन गरीने रकमको पनी कुनै पारदर्सिता छैन ।

बागेश्वरी मन्दिरमा प्रत्येक बडा दशैंमा झण्डै ५ हजार सम्म बलि चढाईने गरीन्छ । बलि चढाउदा बोकाको १५० र अन्यको ५० रुपैयाको दरले पैसा लिने गरीन्छ । त्यसरी उठाईएको पैसा कहां जान्छ के गरीन्छ कसैले पनी खोज्ने प¥यास गरेको छैन । सरदर प्रत्यक दशैमा ६ देखी १० लाख आम्दानी हुने गरेको छ तर परम्पराका नाममा सो रकम पुजारीहरुले झ्वाम पार्दै आएका थिए, तर विगत ३(४ वर्षवाट सो रकम रसिद काटेर मन्दिरको आम्दानीमा बाँध्ने गुठी समितिको निर्णय पछि योगी थप आक्रोशित बनेका छन् ।

२०२९ साल पछि नेपाल तथा भारतबाट आएका भक्तहरुले मन्दिरमा चढाएको सुन चांदी तथा नगदको कुनै हरहिसाव राखीएको छैन । र ती सबै दान दक्षिणाहरु पुजारी द्धय हरिहरनाथ र चन्दननाथले एकलौटी लिने गरेका छन् । गुठी समितिले दान दक्षिणा समेत रसिद काटेर लिने प्रचलन चलाएपछि त्यसैलाई अवरोध गर्न पुजारी योगीले मन्दिर परिषरमा भिडियो खिच्न नपाउने सूचना लेखाउन लगाएको पत्रकार पाण्डेले बताए ।

सबैलाई थाहा छ , २०१७ सालमा ततकलीन राजा महेन्द्रले शासन सत्ता हातमा लिए लगत्तै नेपालभरी रहेका सबै पठ मन्दिरको सम्पूर्ण चल अचल सम्पत्ती राज गुठीमा परिणत भएको घोषणा गर्दै बेचबिखनमा प्रतिबन्ध लगाएका थिए । नेपालका सबै क्षेत्रका मठमन्दिरमा राजाको त्यो हुकुम लागु भयो तर नेपालगन्जको बागेश्वरीमा किन लागु भएर ? राणा र अंग्रेजहरुले मौजा भन्दै बितरण गरेका हजारौ बिगाहा जग्गा भुमिसुधार भन्दै राष्टियकरण भयो तर बागेश्वरी गुठीको जग्गा पुजारीहरुको स्वामीत्वमा कसरी बन्न पुग्यो ? र पुजारीहरुलाई पुजा गरेबापत हण्डी भन्दै १९ बिगाहा भन्दा बढी जग्गा दिए पछि पनि उनीहरुलेृ नै बांकी शेष जग्गा बेच्ने अधिकार कसरी पाए ? यतीबेला यो प्रश्न बागेश्वरीका अगाडी तेर्सिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ५४ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग