२२ भदौ २०८३, सोमबार | September 7, 2026

बालुवामा दशैँको खुसी खोज्दै प्रेमबहादुर भाम



मुगु । नेपालीहरूको महान पर्व बडादशैँ सुरु भएको सोमबार पाँचौँ दिन हो । तर, दशैँले भए खाने वर्गलाई छुन सकेको छैन । यस्तै मध्येका एक हुन्, मुगु छायाँनाथ रारा नगरपालिका-६ बालैका ३० वर्षीय युवा प्रेमबहादुर भाम ।

दशैँ आइसक्यो, तर पैसा छैन । परिवारका सदस्य थुप्रै छन् । छोराछोरीलाई एकसरो लुगा किने दिने धोको छ । यसैका लागि आर्थिक जोहो गर्न उनी बालै बगरमा जान्छन् ।

विगतदेखि नै स्थानीय परम्परागतको कोदो, धान, फापर, कागुनो, चिनोखेती गर्दै आएका बालैवासीहरू सडक सञ्जाल जोडिएपछि गमगढी बजार लगायत आसपासका बस्तीहरूले पक्की ढलान घर निर्माण गर्न थालेपछि बालैको बालुवाको माग बढेको छ । उनीहरूको माग पूरा गर्न प्रेमबहादुरसहित गाउँका बालुवा संकलनमा होमिएका छन् ।

उनीहरू बालुवा बेचेर दशैँका लागि आर्थिक जोहोमा जुटेका हुन् । बालै बगरमा बस्दै आएका ५५ घरधुरीले नदीको किनारमा आआफ्नो बालुवा निकाल्ने स्थानको भागबन्डा गरेर बालुवा निकाल्ने स्थान निर्माण गरेका छन् । असार, साउन र भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घर खर्च चलाउने, बालबच्चा पढाउने गरेको भामको भनाइ छ ।

प्रतिघर ५० हजारदेखि दुई लाखसम्म बालुवा बिक्रीबाट आम्दानी हुने गरेको स्थानीय प्रेमबहादुरले सुनाए । बालुवा नदीबाट निकालेर बिक्री गर्दा स्थानीय सरकार नगरपालिकालाई प्रति ट्याक्टर एक सय र यो बालैबगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रभित्र पर्ने भएको हुँदा रारा मध्यवर्ती क्षेत्रले प्रतिट्याक्टर तीन सय रुपैयाँ राजस्व उठाउने गरेको भामले बताए ।

गर्त वर्षभन्दा यो वर्ष बालुवा धेरै संकलन गरेका छन् । गमगढी बालै सडकको विभिन्न स्थानमा सडक वर्षातको पानीले भत्केको हुँदा बालुवा बिक्री भएको छैन । प्रत्येक घरले बालुवा बिक्री गरेर जीवन निर्वाह गर्दै आएका थिए, एक घरले एक लाखभन्दा बढी कमाउने गर्छन् ।

सडक सञ्चालनमा आएको भए नजिकै आउने दशैँतिहारमा घर खर्च चलाउन सजिलो हुने स्थानीय शर्मिला भामले बताइन् । मध्यवर्ती क्षेत्रबाट १५ जेठदेखि १५ कात्तिकसम्म बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ । प्रतिट्याक्टर बालुवाको तीन सयका दरले रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिले राजस्व लिने गरेको छ ।

बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व शुल्क लिर्ने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम शाहनीले बताए ।

स्थानीय सरकार गठन नहुँदा खुला थियो । स्थानीय तह निर्माण भइसकेपछि एक वर्षसम्म नगरपालिकाले राजस्व उठाउने गरेको थियो, पछि खुला भयो । बालुवा बिक्रीबाटै यो बस्तीका मानिसको जीवन गुजार्ने हुँदा स्थानीयवासीहरूले मनपरि हिसाबले बालुवा निकाल्ने गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : ४७ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी