२० मंसिर २०८२, शनिबार | December 6, 2025

चाडपर्वको अवसरमा कुमारी बैंकले ल्यायो “डिजिटल दक्षिणा” अभियान



काठमाडौं । डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवासुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको छ ।

कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत् कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याईएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने बिचार यसै बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले व्यक्त गरे ।

यस अभियान अन्तर्गत बडा दशैंमा पाँच दिन (विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तिन दिन (लक्ष्मी पुजा देखि भाईटिका सम्म) तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैकिङ एपमा भएको डिजिटल दक्षिणा मार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यास्ब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्नेछ ।

कोभिड-१९ को यस विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य र सावधानीका उपायहरुको पालना गर्दै सुरक्षित किसिमले दशैं मनाउनु नै आजको अवाश्यकता ठानी आफ्ना ग्राहकवर्गलाई कुमारी बैंकले उक्त सुविधा प्रदान गर्ने भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिंग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको कुमारी बैंकले हाल आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ५ : ३६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय