२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ : राष्ट्रपति सरिक हुने



काठमाडौं । नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनेछन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ ।

त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो ।

समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : २१ बजे

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका