१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

मुगुमा बस दुर्घटना, २२ यात्रुको मृत्यु



मुगु । मुगुमा बस दुर्घटना हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको छ ।

मुुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ ।

नेपालगन्जबाट गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । बस क्षतविक्षत भएको छ ।

३९ जना रहेको बसमा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । कतिपय घाइतेको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

घटनास्थलबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्दारकर्मीहरुले घाइतेको उद्दार गरिरहेका छन् भने मृतकको शव संकलन गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल लैजाने व्यवस्था मिलाउन लागिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : ०५ बजे

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

बागलुङ । बागलुङ नगरपालिका-३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको

ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका