१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मुगु बस दुर्घटना अपडेट : २३ जनाको मृत्यु



मुगु । मुगुमा बस दुर्घटना हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको छ ।

मुुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जनाको मत्यु भएको छ ।

नेपालगन्जबाट गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । बस क्षतविक्षत भएको छ ।

१८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । कतिपय घाइतेको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

घटनास्थलबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्दारकर्मीहरुले घाइतेको उद्दार गरिरहेका छन् भने मृतकको शव संकलन गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन्। सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखहरुसहितको टोली र स्थानीय खटेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : ४१ बजे

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना