११ श्रावण २०८३, सोमबार | July 27, 2026

मुगु बस दुर्घटना अपडेट : २३ जनाको मृत्यु



मुगु । मुगुमा बस दुर्घटना हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको छ ।

मुुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जनाको मत्यु भएको छ ।

नेपालगन्जबाट गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । बस क्षतविक्षत भएको छ ।

१८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । कतिपय घाइतेको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

घटनास्थलबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्दारकर्मीहरुले घाइतेको उद्दार गरिरहेका छन् भने मृतकको शव संकलन गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन्। सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखहरुसहितको टोली र स्थानीय खटेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : ४१ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम