११ श्रावण २०८३, सोमबार | July 27, 2026

गुणस्तरीय दुध नहुँदा जुजु धौँ बनाउन समस्या, दशैँमा माग भने दोब्बर



भक्तपुर । छरिएका भुस । त्यसमाथि राखिएका भेट अर्थात् दही जमाउने माटाका भाँडा । त्यही भाँडामा दही जमाउँदै छिन् लक्ष्मी सैँजु ।

लामो समयदेखि दही बनाउँदै आएकी सैँजुको दैनिकी सोही काममा व्यतित हुन्छ । हरेक दिन बिहान ६ बजेदेखि नै दही बनाउन सुरु गर्ने उनी साँझसम्म पनि त्यसैमा व्यस्त हुन्छिन् । ‘हामी अर्डर अनुसार दही बनाउछौं । दसैँ तिहारलगायत चाडपर्वमा त काम भ्याइ नभ्याई नै हुन्छ,’ उनले भनिन्, ‘चाडपर्वमा दहीको माग नै दोब्बर हुन्छ । मागअनुसार दही उत्पादन गर्छौं ।’

उनीसंगै प्रमिला राई पनि भक्तपुरे जुजु धौँ बनाउँदै आएकी छन् । नुवाकोटकी राई तीन वर्षदेखि सैँजु जुजु दही भण्डारमा आबद्ध भई दही बनाउन व्यस्त छिन् । यहाँको दही मात्रै नभई दुध पनि स्वादिष्ट हुने उनी बताउँछिन् ।

गाउँका दुध डेरीले जम्मा गरेका दुध सैँजुको दही भण्डारमा बिहानै आइपुग्छ । दुई ल्याउनुभन्दा पहिले दुबै जना भण्डारणमा गई काम गर्न थालेका हुन्छन् । कहिले एक जना सफा गर्ने त कहिले अर्को तर बिहान ६ बजेदेखि नै काम सुरु गरिसक्ने उनीहरु बताउँछन् ।

सबेरै उठेर घरको काम सकाई ६ बजेदेखि दुध तताउन आगो बाल्ने सैँजु बताउँछिन् । ‘गाउँबाट राति नै दूध आउँछ । त्यसलाई आगो बालेर ठुलो कराईमा तताउँछौ, उनले भनिन्, एक देखि डेढ घण्टा तताएपछि केही बेरा सेलाउन दिन्छौँ र दही बनाउने भाँडामा हाल्छौँ,’ उनी भन्छिन्, ‘भाँडा अनुसार दुध हाल्नुपर्छ । हामीले दहीमा चिनी मात्रै मिसाउछौं । तर आवश्यकता र स्वादअनुसार सुकमेल, नरिवललगायतको सामग्री हाल्छौँ । जुन अर्डरअनुसार हुन्छ ।’

पुर्ख्योली पेसाको रुपमा सो काम गर्दै आएकी उनी आजभोलि दहीको स्वाद र ब्राण्डमा आएको परिवर्तनमा चिन्तित छन् । उनी भन्छिन्, ‘जुजु धौँ बनाउने छुट्टै विधि छ । परम्परागत शैलीमा बनाइन्छ । तर आजभोलि नयाँ दही व्यवसायीले नाम जुजु धौँ राखेर स्वाद र सामग्री अरु नै प्रयोग गर्छन् । अनि मारमा हामी परेका छौँ ।’

जुजु धौँ बनाउनको लागि भैँसीको दुध र धेरै चिल्लो पदार्थ हुने दुध आवश्यकता भए पनि आजभोलि सोअनुसारको दुध खपत नहुने उनले सुनाइन् । यहाँ उत्पादन भएका दही भक्तपुर, काठमाडौं, ललितपुरलगायत मुलुकका विभिन्न जिल्लामा बिक्री गरिँदै आएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ४८ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम