१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आज नेवार समुदायमा कुछी भ्वय खाँदै



भक्तपुर । महाअष्टमी अर्थात् दशैँको आठौँ दिन । आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी मनाउने छन् । केराको पातमाथि विभिन्न परिकार राखी कुछी भ्वय खाने परम्परा रहेको छ । कुछी भ्वय अर्थात् दुई मानाको भोज । जसमा कुछीको अर्थ दुई माना र भ्वयको अर्थ भोज हो ।

यसरी केराको पातमा चिउरा, भटमाससहितका १२ थरीको परिकार राखी कुछी भ्वय खाने गरिन्छ । कुछी भ्वय खानको लागि तरकारीका परिकार मात्रै १२ थरीको चाहिन्छ । साथै छोयला पनि १२ टुक्रा गरिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स-साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको भनाइ भक्तपुरका स्थानीयको भनाइ छ । तर संस्कृतविद् ओम धौँभडेलले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय रहेको तर पछि अपभ्रंश भएर कुछी भ्वय हुन गएको बताउँछन् ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको उनले बताए ।

केराको पात शुद्ध हुनुका साथै वैज्ञानिक रुपमा स्वास्थ्यको लागि उपयुक्त भएकोले केराको पात भ्वयमा प्रयोग हुने गरेको उनले बताए । त्यसैले आज भक्तपुरका चोकचोकमा केराको पातको व्यापार पनि राम्रै हुन्छ ।

महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दशैँको मासु भित्र्याउँछन । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ३१ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज