२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सवारी दुर्घटनामा परी सुनसरीमा एक जनाको मृत्यु, ६ जना घाइते



सुनसरी । गएराति करिब ९ः३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सुनसरीको इटहरी उपमहानगर ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २९२४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०२ २२३ ह १४३६ नम्बरको सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा इटहरी १६ स्थित बालग्राममा प्रदेश३ ०१ ०२४ च ९७२२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा सिटी सफारीमा सवार इटहरी ५ का २३ वर्षीय ईश्वर राउत रहेका छन् । टाउकोमा चोट लागेर गम्भीर घाइते राउतलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । उनको उपचारका क्रममा राति १२ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते हुनेमा सिटी सफारीमा सवार झापाको दमक ७ बस्ने ३४ वर्षीय हेमन्त बिक सुनसरीको रामधुनी ३ बस्ने ३० वर्षीय दिलीप कुमार चौधरी, कार चालक रामधुनी ३ कै ३० वर्षीय सन्दीप राउत त्यस्तै सोही स्थानका ३५ वर्षीय नगेन्द्र गुरुङ, इटहरी ५ का २४ वर्षीय सौगात अधिकारी रहेको प्रहरीले बताएको छ ।

उनीहरूमध्ये ५ जनाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । त्यस्तै रामधुनी ३ का दिलीप कुमार चौधरी अवस्था गम्भीर रहेकाले नोबेल अस्पतालमा उपचार भई रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने ट्रक चालक फरार रहेका छन् । उनको खोजी भइरहेको छ । दुर्घटनामा परेका तीनै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ५७ बजे

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव