२४ बैशाख २०८१, सोमबार | May 7, 2024

मुगु बस दुर्घटनाको खबरले माओवादी अध्यक्ष प्रचण्ड मर्माहत



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा हालै भएको सडक दुर्घटनाबाट स्तब्ध भएको जनाएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै विजयादशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटनाले सबैलाई स्तब्ध बनाएको जनाएका छन् । प्रचण्डले मुगु लगायत कास्की र अछाममा भएका दुर्घटनाबाट आफु मर्महत भएको जनाउँदै दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रचण्डले सडकको दुरावस्था,सवारीको चाप, सक्षम जनशत्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा नेपालमा दिनदिनै सवारी दुर्घटना बढेको जिकिर गरेका छन् । उनले यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन आग्रह गरेका छन् ।

 

 

 

 

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : २३ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,