१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आउन थाले बागलुङका होमस्टेमा पाहुना



बागलुङ होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कँडेलले दङ्ग परे । पाहुनालाई आफ्नो घरमा राखे ।

लामो समय कोरोना र निषेधाज्ञाले उनको होमस्टे सुस्ताएको थियो । कँडेल भन्छन् “पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दङ्ग भएँ । शुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ । ” बिहुँस्थित शिवधुरी घरबासमा केही दिनदेखि छिटफुट पाहुना आउन थालेको उनी बताउँछन् । “केही दिनअघि लमजुङदेखि पाहुना आए, हामीले शुरुमा डराइडराइ राख्यौं ” उनले भने “अब डराएर हैन, सावधानी अपनाएर पाहुना राख्ने हो ।” गाउँमा आएका पाहुनाले मकै, कोदो, फापरजस्ता गाउँमै उत्पादित बस्तु खान खोजेको उनले बताए । त्यस्तै हरियो सागपात र लोकल कुखुरा धेरैको रोजाइमा पर्ने गरेको छ । “गाउँमा आइसकेपछि धेरैले ‘अर्गानिक’ खाने भन्छन्, हामीले पनि त्यही अनुसारको व्यवस्थापन गर्न खोजेका छौं” उहाँले भन्नुभयो, कँडेलले भने, “डेढ बर्षदेखि सुस्ताएकोले होमस्टेमा पाहुना राख्न सामानसमेत अपुग छन्, जुटाउँदै छौं ।”

स्थानीय पवित्रा पुनले पाहुनाको स्वागत सत्कारबाट गाउँमा फरक संस्कृति, भरक भूगोल र भाषाको ज्ञान बढ्न थालेको जानकारी दिइन । “हामीले पनि समयमै जानकारी पाएमा सामान्य भएपनि साँस्कृतिक क्रियाकलाप देखउँछौं’ उनी भन्छिन्, “आएका पाहुनाबाट धेरै कुरा सिक्न सकिन्छ ।” सिकाइबाट बालबालिकामा पनि सकारात्मक सन्देश जाने गरेको पुनले बताइन ।

बिहुँको शिवधुरी होमस्टे दुई बर्षअघि मात्रै संचालनमा आएको थियो । तर डेढ बर्षदेखि कोरोना संक्रमणले व्यवसायिक बन्न नसकेको अध्यक्ष प्रेम श्रीषले बताए । तर आएका पाहुनलाई लोकल जातका खाना खुवाउने चलन भने बस्न थालेको छ । ताराखोलाको किकल्टा होमस्टेले आफ्नै भवन बनाएको छ । पाहुना आउने क्रम पनि बढेको स्थानीय निता घर्तीले बताए । पाहुनाले ताराखोला पुग्दा ट्राउट माछा र सिस्नोको अचार खोज्ने गर्छन् । होमस्टे सञ्चालकहरुको क्रियाशीलताले उपभोक्ताको मन जितेपछि स्वास्थ्य मापदण्ड पालना गर्दै होमस्टे संचालन पनि भैसकेको हो ।

बजार क्षेत्रमा जस्तो भीड पनि नहुने, आएका पाहुनालाई घरघरमा बाँडेर राख्न पनि सकिने भएपछि अब सुरक्षित रुपमा होमस्टे चलाउनु पर्छ भन्ने मान्यताले आएका पाहुना स्वागत थालिएको होमस्टे संचालक फूलमाया रोकाले बताइन । “स्थानीय संस्कृति र कला प्रर्दशनका लागि पनि अब तयारी भएको छ” कोरोनाले गर्दा डेढबर्षदेखि होमस्टे अबरुद्ध जस्तै थिए ।

गण्डकी प्रदेश सरकारको १० लाखमा गाउँपालिकाको ५ लाख र श्रमदानसमेत गर्दा २० लाखमा किकल्टाको आफ्नै घर बनेको छ । होमस्टेका अन्य सामग्री खरिदमा स्थानीय दाताले पनि साथ दिएका छन् । भवन बनेपछि सामग्री राख्न, सांस्कृतिक क्रियाकलाप संचालन गर्न सहज भएको उनले जानकारी दिइन् ।

काठेखोलाकै बेलढुंगा होमस्टे पनि बिस्तारै संचालनमा आउन थालेको छ । यहाँपनि साँस्कृतिक क्रियाकलाप प्रदर्शनी र गाउँ घुमाउने कार्यक्रम जोडिएको छ । बिहान उठेपछि धौलागिरि र अन्नपूर्ण हिमाली श्रृङखला देखाउने गरी स्थानीयले व्यवस्थापन पनि गरेका छन् । “बिहानको दृश्यावलोकनले धेरै लोभिन्छन्’ वडा अध्यक्ष यामबहादुर श्रीष भन्छन्, ‘फापर, आलु र कोदोका परिकार हाम्रो पहिचान हो ।” यो होमस्टे २ हजार ५ सय मीटरदेखि ३ हजार मिटर सम्मको उचाइमा छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ११ : १६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले