२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सिरहामा इनारभित्र मृत अवस्थामा भेटिए युवक, प्रहरीबाट अनुसन्धान सुरु



सिरहा । सिरहामा एक युवक इनारभित्र मृत अवस्थामा फेला परेका छन् ।

सिरहाको नरहा गाउपालिका वडा नं. ३ नयाँ चोक चोइवास्थित इनारमा ती युवकको शव फेला परेको हो । मृतक युवक गोलबजार नगरपालिका ८ बस्ने २० वर्षका शत्रुधन महतो रहेको प्रहरीले जनाएको छ । उनको शव शनिबार बिहान मृत अवस्थामा फेला परेको हो । महतो गए राति नयाँ चोक चोइवामा नाच हेर्न घरबाट निस्केका थिए ।

इनारमा डुबेको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शव इनारबाट निकालेर पोष्टमार्टम गराउने तयारी गरेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

गाउँमा नाच हेर्ने क्रममा युवाको दुई समुहबीच गएराति झगडा भएको स्थानीयले बताएका छन् ।

 

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ११ : ४९ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र