२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सिरहामा इनारभित्र मृत अवस्थामा भेटिए युवक, प्रहरीबाट अनुसन्धान सुरु



सिरहा । सिरहामा एक युवक इनारभित्र मृत अवस्थामा फेला परेका छन् ।

सिरहाको नरहा गाउपालिका वडा नं. ३ नयाँ चोक चोइवास्थित इनारमा ती युवकको शव फेला परेको हो । मृतक युवक गोलबजार नगरपालिका ८ बस्ने २० वर्षका शत्रुधन महतो रहेको प्रहरीले जनाएको छ । उनको शव शनिबार बिहान मृत अवस्थामा फेला परेको हो । महतो गए राति नयाँ चोक चोइवामा नाच हेर्न घरबाट निस्केका थिए ।

इनारमा डुबेको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शव इनारबाट निकालेर पोष्टमार्टम गराउने तयारी गरेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

गाउँमा नाच हेर्ने क्रममा युवाको दुई समुहबीच गएराति झगडा भएको स्थानीयले बताएका छन् ।

 

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ११ : ४९ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३