२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ ।

गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए ।

कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले संघको १० औँ महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ । यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।

मन्त्रालयको पत्रपछि २३ देखि २५ अक्टोबरका लागि तय गरिएको १० औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो । बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिब १०० भन्दा बढी सदस्यहरुले आ-आफ्ना भनाइ राखेका थिए । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डा।बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

संघका महासचिव डा।हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेस हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक भइसकेका छन् । संघको १० औँ महाधिवेशन तथा विश्व सम्मेलनका लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् ।

संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजकसहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : ०२ बजे

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का