३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

झलनाथ खनाल एकीकृत समाजवादीको सम्मानित नेता, ३३५ नेताको कार्यविभाजन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । सो पार्टीले केन्द्रीय सदस्य सङ्ख्या विस्तार गर्नुका साथै नेताहरूको कार्यविभाजन समेत गरेको छ ।

एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीको सम्मानित नेता र विदेश विभाग प्रमुख बनाइएको छ ।

अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानीअनुसार एक सम्मानित नेता, दुई नेता, सात उपाध्यक्ष, एक महासचिव, पाँच उपमहासचिव, ६ सचिव बनाइएको छ । यस्तै, ११ सदस्यीय केन्द्रीय सचिवालय, ४२ सदस्यीय स्थायी कमिटी, बैकल्पिकसहित ९४ सदस्यीय पोलिटब्यूरो र ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

सम्मानित नेता खनालपछिको वरियतामा नेता मुकुन्द न्यौपाने र प्रदीप नेपाल रहेका छन् । त्यसपछि मात्र उपाध्यक्षहरु रहेका छन् ।

अन्तरपार्टी निर्देशनअनुसार पार्टीले तीन महिने संगठन विस्तार अभियान सुरु गर्ने जनाइएको छ । आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र (संघीय तथा प्रदेश), महानग, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरु गठन गर्ने जनाइएको छ ।

२३ बुँदे अपानीमा ‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’ जनाइएको छ । कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिइएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/10/Unified-Socialist-Apani-2-1.pdf” title=”Unified Socialist Apani-2-1″]

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ३ : ४५ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर