२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : श्रीलंकाको सुखद सुरुआत, नामिबिया पराजित



काठमाडौं । नामिबियालाई पराजित गर्दै आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुआत गरेको छ । सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

६७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएको श्रीलंकाले १३.३ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गर्‍यो । श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए ।

नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले समान १-१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९.३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक २९ रन जोडे ।

नामिबियाको ब्याटिङ ध्वस्त बनाउने क्रममा श्रीलंकाका महेश थिक्शानले ३ विकेट लिए । मंगलबार नै भएको अर्को खेलमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ६ : ५७ बजे

नेपाली क्लाइम्बिङ टोली चीन जाने

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल