२४ मंसिर २०८२, बुधबार | December 11, 2025

आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : श्रीलंकाको सुखद सुरुआत, नामिबिया पराजित



काठमाडौं । नामिबियालाई पराजित गर्दै आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुआत गरेको छ । सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

६७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएको श्रीलंकाले १३.३ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गर्‍यो । श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए ।

नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले समान १-१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९.३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक २९ रन जोडे ।

नामिबियाको ब्याटिङ ध्वस्त बनाउने क्रममा श्रीलंकाका महेश थिक्शानले ३ विकेट लिए । मंगलबार नै भएको अर्को खेलमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ६ : ५७ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल