२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

अन्तर्राष्ट्रिय समुदायको चेतावनीपछि म्यानमारका सेना प्रमुखले गरे साँढे पाँच हजार बन्दी रिहा गर्ने घोषणा



म्यानमार । म्यान्मारको सैन्य सरकारले साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा उनीहरुलाई रिहा गर्ने घोषणा गरेको हो ।

फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि हजारौं व्यक्ति पक्राउ परेका थिए । सरकारको बिरोधमा प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि सेनाको कारबाहीमा सयौंको मृत्यु भइसकेको छ ।

जनवरीमा निर्वाचित सरकारलाई कु गरी सेनाले सत्ता हातमा लिएपछि भएको दमनमा कम्तीमा १२ सय जनाको मृत्यु भएको र साढे सात हजार पक्राउ परेका मानवअधिकारबादी समूहले जनाएका छन् ।

सैन्य नेता जनरल मिन ओङले ५ हजार ६ सय ३६ बन्दी रिहा गरिने बताए । बर्मामा जारी राजनीतिक संकट अन्त्य गर्न पर्याप्त कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले सरकारको आलोचना गरिरहेका बेला सरकारले केही बन्दी रिहा गर्ने घोषणा गरेको हो ।

केही दिनअघि मात्र दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान)ले आगामी साता हुन लागेको सम्मेलनमा जनरल मिनलाई बहिस्कार गर्ने निर्णय गरेको थियो । एउटा टेलिभिजन सम्बोधनमा सेना प्रमुखले सैन्य नेताहरू शान्ति र प्रजातन्त्रका निम्ति प्रतिबद्ध भएको दाबी गरे । प्रजातन्त्र पुर्नस्थापन गर्न सरकारले पाँच चरणको योजना ल्याउने उनले बताए ।

म्यानमारमा बर्षैंदेखि अशान्ति छ । त्यहाँका अल्पसंंख्यक मुस्लिम रोहिंज्याँ र बौद्ध धर्मालम्बीबीचको द्वन्द्वकाको चपेटामा सर्वसाधरण परेका छन् । सेनाको दमनका कारण लाखौ मुस्लिम रोहिंज्याँ बंगलादेशमा बिस्थापित छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ०५ बजे

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का