३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

माओवादी केन्द्रको सदस्यता नविकरण र राष्ट्रिय सम्मेलनको तालिका हेरफेर



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलन र सदस्यता नविकरणको तालिका हेरफेर गरिएको बैठक पछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

नयाँ निर्धारण भएको तालिका बमोजिम पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ भने टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ । पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता महराले जानकारी दिए । त्यस्तै मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।

बैठकले लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ । त्यस्तै विशेष समिति १७५ सदस्यीय बनाएको माओवादीले जनाएको छ । बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको प्रवक्ता महराले जानकारी दिए । प्रवक्ता महराले भने, ‘आजको बैठकले सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ, राष्ट्रिय सम्मेलनको होइन, अन्य कामहरूको बारेमा, पार्टी सदस्यता नवीकरणको विषयमा कार्तिक २५ गतेसम्म म्याद थपिएको छ ।’

यसअघि नै विष्णुप्रकाश श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग पहिल्यै बनाइएको छ । माओवादी केन्द्रको अर्को बैठक कात्तिक ४ गते पुनः बस्ने छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : १३ बजे

बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी-जोमसोम-कोरला

फ्रान्सका प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु, २ हजार ५०० भन्दा बढी पक्राउ

पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र

अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथाङ्का सडकखण्ड सोमबार

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।