२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपालगन्जमा धुमधामका साथ मनाइयो ‘मोहम्मद डे’ (फोटो फिचर)



नेपालगन्ज । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लहू अलैही वसल्लमको १४९६ औ जन्म जयन्तीका अवसरमा नेपालगन्जमा ठुलो संख्यामा स्थानीयबासीहरु सडकमा निस्केर वसल्लमको जन्मोत्सव मनाएका छन् । मुस्लिम समुदायले मोहम्मद डेका रुपमा जन्मोत्सव मनाउन नेपालगन्ज र यस आसपासका मुस्लिम धर्मालम्बीहरु आज बिहान सडकमा निस्केका थिए ।

मोहम्मद डे का अवसरमा स्थानीय फैजुनब्बी जामा मस्जिदबाट सुरु भएको बृहत र्याली वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, घरबारीटोल हुदै पुनः गौसिया मस्जिदमा पुगेर समापन भएको थियो ।

मोहम्मद डे मनाउन ठुलो संख्यामा स्थानीय सडकमा निस्केपछि केहिबेर नेपालगन्जको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको थियो । सडकमा निस्केका इस्लाम समर्थकहरुले सरकार की आमद मरहबा, ऱसुल की आमद मरहबा, दिलदार की आमद मरहबा, लब चूम के बोलो मरहबा, दिल खोलकर बोलों मरहबारमरहबा या मुस्तफ़ा मरहबा या मुस्तफा जस्ता नारा लगाएका थिए ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको थियो । त्यसै दिन विश्वभरका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी हजरत मोहम्मदको जन्मोत्सव मनाउने गर्दछन् । जन्मदिनको खुशीयालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

र्याली सुरु हुनुअघि जामा मस्जिद क्षेत्रमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल, पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेशसभाका सांसद मोहम्मद याकुव अन्सारी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, नेपाली सेनाका कर्णेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतले मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका थिए ।

मोहम्मद डेका दिन बिहानै बाट पहिलो नमाज पढेर सुद्ध भई महोम्मदका सन्देशहरु स्मरण गर्ने र पालना गर्न प्रतिबद्धता जनाउने गरिएको मुस्लिम धार्मिक अगुवा मेराज अहमद हिमालयले जानकारी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : ०४ बजे

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर

हिलो र चिप्लोको कारण बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी