१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सुदुरपश्चिममा बाढीको वितण्डा : १० जनाको मृत्यु, २३ बेपत्ता, ५ जनालाई नदिले बगायो (नाम सहित)



धनगढी । अबिरल बर्षाका कारण सुदुरपश्चिम प्रदेशमा मात्र १० जनाको ज्यान गएको छ । प्रदेशमा बाढी पहिरोमा परि ६ जना घाइते भएको २३ जना बेपत्ता भएको तथा ५ जनालाई नदिले बगाएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरोमा परि मृत्यु हुनेमा डोटीका ८ जना र डडेल्धुराका २ जना छन् । प्रहरीले दिएको जानकारी अनुसार डोटीका ११ वर्षिय आशिष कुन्जेडा, १४ वर्षिय सागर कुन्जेडा, ६३ वर्षिय जोगी सार्की, ४२ वर्षिय शेरबहादुर बिक, १३ वर्षिय मोहन बिक, १३ वर्षिया पवित्रा बिक, १६ वर्षिय रबिन बिक र ३६ वर्षिया मन्धरा बलायरको बाढी पहिरोमा परि मृत्यु भएको छ । त्यसैगरि डडेल्धुराका ३२ वर्षिय विष्णु अवस्थि र ६५ वर्षिया नरपता शाहीको पनि बाढीबाट मृत्यु भएको छ ।

बाढी पहिरोमा परि घाईतेहरुमा डोटीका बीरबहादुर कन्जेडा, बासुदेबी कुन्जडा, बिन्दा कुन्जेडा, झुपरि सार्की तथा डडेल्धुराका देवकी रावल र ग्रीस रावल रहेका छन् ।

पहिरोमा परि २३ जना बेपत्ता भएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बझाङका उजली पार्कि, हासु पार्की, आयसु पार्की, हिमा पार्की, सिमा पार्की, हर्क सार्की, धनगिरि सार्की , सिता सार्की , प्रभा सार्की , भुमिका सार्की , इस्वरा देवि सार्की , संजिव सार्की , सर्मिला सार्की , सुवास सार्की , विकास सार्की , मिकेस सार्की , मदन सार्की , कलु सार्की , एलिसा सार्की , कम्मा सार्की , सबिना सार्की , सरोज सार्की र सिम्जिबि सार्की अहिले सम्म बेपत्ता छन् ।

प्रदेशमा कैलालीका ४ जना र डोटीका १ जनालाई नदिले बगाएको समेत प्रहरीले जनाएको छ । नदिले बगाएकोमा कैलालीका ३० वर्षिय गणेश आउजी, ६१ वर्षिय खडक बहादुर घर्ति मगर, ३५ वर्षिय बिक्रम घर्ति मगर र २६ वर्षिय खडक राना मगर रहेका छने भने डोटीका ७४ वर्षिय बिरे रोकायालाई पनि नदिले बगाएको प्रदेशले जनाएको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम