२३ चैत्र २०८२, सोमबार | April 6, 2026

दुहबी सबस्टेसन डुवान हुँदा प्रदेश नम्बर १ मा ‘ब्ल्याक आउट’



काठमाडौं । सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुवानमा परेको छ । प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । सबस्टेसन डुवानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘बाढी पसेर सबस्टेसन डुवानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश नं १का जिल्लाहरुमा ‘ब्ल्याक आउट’ भएको छ,’ उनले भने। ‘सबस्टेसनको नियन्त्रण कक्ष डुवानमा परेको छ, अहिलेसम्म मुख्य उपकरणमा क्षति नपुगेको जानकारी पाएका छौं, पानी नरोकिएमा उपकरणहरुमा ठूलो क्षति पुग्ने देखिएको छ, यस्तो भएमा त्यस क्षेत्रमा विद्युत आपूर्ति केही दिन बन्द हुन सक्छ, अहिले सबस्टेसनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिट्टो विद्युत आपूर्ति उपलब्ध गराउन हाम्रो टिम प्रयासरत छ ।’

सबस्टेसनको पानी हटाउनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरीलगायतलाई आग्रह गरिएको घिसिङले बताए । उनले दुहबी सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए । यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।

वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ । सुदूरपश्चिमका डडेल्धुरा, वैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत आपूर्तिसमेत बन्द भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : ३२ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।