२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अविरल वर्षाका कारण पाँच मुख्य राजमार्गसहित नौ वटा सडक अवरुद्ध



काठमाडौं । निरन्तरको वर्षाले मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका गरी ९ वटा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका हुन् ।

सिन्धुली, म्याग्दी, दैलेख, जुम्ला, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरालगायतका जिल्लामा यातायात सेवा प्रभावित भएको छ । जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग, धनगढी-डडेलधुरा सडक, कर्णाली राजमार्ग, वीपी राजमार्ग, नाग्मा-मुगु सडक, भीमदत्त राजमार्ग, चौखुट्टे-बाजुरा-अछाम सडक बन्द छ ।

बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा सडक बगाउँदा कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड पनि अवरुद्ध भएको छ ।लेउतीको बाढीले झण्डै २ सय मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपककुमार रायले बताए ।

वैकल्पिक सडक बनाएर सडक खुलाउने प्रयास गरिएको पनि उनले जानकारी दिए । पूर्ण रुपमा बन्द भएका, आंशिक क्षति पुगेका र मर्मत गर्नुपर्ने सडकको काम तत्काल सुरु हुने सडक विभागले जनाएको छ ।

सडक खुलाउन सेना, प्रहरी र सडक विभागको टोली खटाइएको छ । निरन्तर पानी परेका ठाउँमा सडक खुलाउन समस्या भैरहेको विभागको मर्मत महाशाखाका उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताए ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : २३ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।