७ आश्विन २०८३, बुधबार | September 23, 2026

अविरल वर्षाका कारण पाँच मुख्य राजमार्गसहित नौ वटा सडक अवरुद्ध



काठमाडौं । निरन्तरको वर्षाले मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका गरी ९ वटा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका हुन् ।

सिन्धुली, म्याग्दी, दैलेख, जुम्ला, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरालगायतका जिल्लामा यातायात सेवा प्रभावित भएको छ । जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग, धनगढी-डडेलधुरा सडक, कर्णाली राजमार्ग, वीपी राजमार्ग, नाग्मा-मुगु सडक, भीमदत्त राजमार्ग, चौखुट्टे-बाजुरा-अछाम सडक बन्द छ ।

बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा सडक बगाउँदा कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड पनि अवरुद्ध भएको छ ।लेउतीको बाढीले झण्डै २ सय मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपककुमार रायले बताए ।

वैकल्पिक सडक बनाएर सडक खुलाउने प्रयास गरिएको पनि उनले जानकारी दिए । पूर्ण रुपमा बन्द भएका, आंशिक क्षति पुगेका र मर्मत गर्नुपर्ने सडकको काम तत्काल सुरु हुने सडक विभागले जनाएको छ ।

सडक खुलाउन सेना, प्रहरी र सडक विभागको टोली खटाइएको छ । निरन्तर पानी परेका ठाउँमा सडक खुलाउन समस्या भैरहेको विभागको मर्मत महाशाखाका उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताए ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : २३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११