२६ माघ २०८२, सोमबार | February 9, 2026

विश्व हवाई क्षेत्रमा आशाका किरण



काठमाडौं । विश्व हवाई क्षेत्रका लागि सन् २०२० इतिहासकै खराब वर्ष बन्यो । कोभिडका कारण विश्वका लामो र छोटो दूरीका हवाई सेवा प्रायः ठप्प भए । ‘व्यस्त’ विमानस्थलहरू सुनसान बने। हवाई सेवाले खर्बौ डलर आर्थिक संकटको सामना गर्नुप-यो । यो वर्ष विश्व हवाई सेवा ६६ प्रतिशतले घटेको थियो ।

यो वर्षको अन्तिमसम्ममा भने विश्व हवाई सेवा १८ प्रतिशतले बढ्ने अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइटा) ले जनाएको छ । कोभिड विरुद्धको खोप, सर्वसाधारणमा बढेको आत्मविश्वास र विभिन्न देशको प्रयासका कारण हवाई क्षेत्रमा सुधार आउने आइटाको अनुमान छ ।

सन् २०२० मा यात्राबाट बञ्चित विश्वको ठूलो संख्याले यो वर्ष हवाई यात्रा गर्न सक्ने आइटाको भनाइ छ । ‘तर, सबै देशले हवाई प्रतिबन्ध फुकुवा गर्न नचाहेको र पूर्ण रूपमा कोरोना नियन्त्रण हुन नसकेका कारण पूर्णरूपमा सञ्चालन नहुन सक्छ,’ आइटाले भनेको छ ।

कोभिडविरुद्धको खोपको पर्याप्तता र विभिन्न देशले हवाई सेवामा लिने सरकारी नीतिले सन् २०२२ मा हवाई क्षेत्र कस्तो रहने भन्ने निर्धारण हुनेछ । यद्यपि सो वर्ष ५१ प्रतिशतले सुधार हुने अनुमान आइटाको छ। यो समयमा विश्वको आन्तरिक हवाई बजार पनि पुरानै लयमा फर्कने आइटाको विश्वास छ ।

हवाई कम्पनीहरूले आर्थिक दबाब भने थेग्नुपर्ने छ । चर्को प्रतिस्पर्धाका कारण यात्रुलाई छुटसहितका आकर्षक प्याकेज ल्याउनुपर्ने हुँदा हवाई कम्पनीहरूले वास्तविक लागत पाउने छैनन् । तर, पनि विश्व व्यापार बलियो रहने र यसबाट एयर कार्गो भोल्युम पनि बढ्ने आइटाको विश्वास छ ।

घरेलु बजार ठूला भएका, खोपको मात्रा पूरा गरेका र हवाई सेवा खुकुलो बनाएका देशमा अरूभन्दा छिटो रिकभरी हुने आइटाको भनाइ छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुनिता कार्कीले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ६ : ५६ बजे

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु