२४ बैशाख २०८१, सोमबार | May 6, 2024

विश्व हवाई क्षेत्रमा आशाका किरण



काठमाडौं । विश्व हवाई क्षेत्रका लागि सन् २०२० इतिहासकै खराब वर्ष बन्यो । कोभिडका कारण विश्वका लामो र छोटो दूरीका हवाई सेवा प्रायः ठप्प भए । ‘व्यस्त’ विमानस्थलहरू सुनसान बने। हवाई सेवाले खर्बौ डलर आर्थिक संकटको सामना गर्नुप-यो । यो वर्ष विश्व हवाई सेवा ६६ प्रतिशतले घटेको थियो ।

यो वर्षको अन्तिमसम्ममा भने विश्व हवाई सेवा १८ प्रतिशतले बढ्ने अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइटा) ले जनाएको छ । कोभिड विरुद्धको खोप, सर्वसाधारणमा बढेको आत्मविश्वास र विभिन्न देशको प्रयासका कारण हवाई क्षेत्रमा सुधार आउने आइटाको अनुमान छ ।

सन् २०२० मा यात्राबाट बञ्चित विश्वको ठूलो संख्याले यो वर्ष हवाई यात्रा गर्न सक्ने आइटाको भनाइ छ । ‘तर, सबै देशले हवाई प्रतिबन्ध फुकुवा गर्न नचाहेको र पूर्ण रूपमा कोरोना नियन्त्रण हुन नसकेका कारण पूर्णरूपमा सञ्चालन नहुन सक्छ,’ आइटाले भनेको छ ।

कोभिडविरुद्धको खोपको पर्याप्तता र विभिन्न देशले हवाई सेवामा लिने सरकारी नीतिले सन् २०२२ मा हवाई क्षेत्र कस्तो रहने भन्ने निर्धारण हुनेछ । यद्यपि सो वर्ष ५१ प्रतिशतले सुधार हुने अनुमान आइटाको छ। यो समयमा विश्वको आन्तरिक हवाई बजार पनि पुरानै लयमा फर्कने आइटाको विश्वास छ ।

हवाई कम्पनीहरूले आर्थिक दबाब भने थेग्नुपर्ने छ । चर्को प्रतिस्पर्धाका कारण यात्रुलाई छुटसहितका आकर्षक प्याकेज ल्याउनुपर्ने हुँदा हवाई कम्पनीहरूले वास्तविक लागत पाउने छैनन् । तर, पनि विश्व व्यापार बलियो रहने र यसबाट एयर कार्गो भोल्युम पनि बढ्ने आइटाको विश्वास छ ।

घरेलु बजार ठूला भएका, खोपको मात्रा पूरा गरेका र हवाई सेवा खुकुलो बनाएका देशमा अरूभन्दा छिटो रिकभरी हुने आइटाको भनाइ छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुनिता कार्कीले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ६ : ५६ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक