३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

एमाले स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा दिउँसो ३ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

तामाङका अनुसार एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । आगामी महाधिवेशन नै मुख्य एजेण्डा रहने उनले बताए ।

आउँदो मंसिर १० देखि १२ गतसम्म नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन तय भइसकेको छ । जसअनुसार ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ ।

आजको बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन् । राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेशलाई बैठकको एजेण्डा बनाइएको छ ।

विधान महाधिवेशनको समीक्षा गरिनेछ। एमालेको प्रथम विधान महाधिवशेन १५-१७ असोजमा भएको थियो ।

यसैगरी, असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोले ९२ जनाको ज्यान गएको छ भने धानबाली नष्ट भएको छ । यो विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : ३४ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट