२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : श्रीलंका सुपर १२ मा प्रवेश



काठमाडौं । श्रीलंका आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट २०२१ को सुपर १२ मा प्रवेश गरेको छ ।

पहिलो चरणअन्तर्गत बुधबार भएको समूह ए को खेलमा आयरल्याण्डलाई ७० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको श्रीलंका सुपर १२ मा पुग्ने पहिलो टोली बनेको हो ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १ सय १ रनमै अल आउट भएको थियो । आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रन र कर्टिस क्याम्फरले २४ रन बनाउनुबाहेक अन्य खेलाडी चम्किन सकेनन् ।

आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका स्पिनर महेश थक्शेनाले ३ विकेट लिए । चामिका करुणारत्ने र लाहिरु कुमाराले २-२ विकेट लिए भने वानिन्दु हसरंगा र दुश्मन्था चामिरा नाममा १-१ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर १७१ रन बनाएको थियो । ८ रनमै तीन विकेट गुमाएको श्रीलंकाको इनिङ्स ओपनर पथुम निसाका र अलराउण्डर वानिन्दु हसरंगाले सम्हालेका थिए । हसरंगाले सर्वाधिक ७१ रनको योगदान दिए भने ओपनर निसंकाले ६१ रन जोडे । कप्तान दासुन शनका २१ रनमा अविजित रहे ।

आयरल्याण्डका जोस लिटलले ४ तथा मार्क एडेरले दुई विकेट लिए । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : ३८ बजे

निर्वाचन आउन एक दिन बाँकी : सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत