२१ असार २०८३, आइतबार | July 5, 2026

प्रदेशसभामा अल्पमतमा पर्ने निश्चित भएपछि पार्टी अधिवेशनको बहाना बनाएर संसदमा नआउने एमालेको निर्णय



काठमाडौं । बागमती प्रदेशसभामा एमाले नेतृत्वको सरकारलाई आवश्यक मत नपुग्ने भएपछि एमालेले पार्टी अधिवेशनको बहाना बनाएर संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदको विश्वासको मत प्राप्त गर्नका लागि प्रदेशसभामा प्रस्ताव गरे अनुसार आज १ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि बैठक बोलाईएकोमा एमालेले पार्टीका वडा अधिवेशनको बहाना बनाएर अनुपस्थित हुने निर्णय गरेको हो ।

एमालेको वडा र पालिका अधिवेशनको तयारी सांसदहरू व्यस्त हुने भएकाले आज बस्ने प्रदेशसभाको बैठकमा एमाले उपस्थित नहुने भएको एमाले बागमती प्रदेश संसदीयदलले जनाएको छ । एमालेले बैठक सार्न हिजो बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा पत्रसमेत दर्ता गराएको थियो । बुधबार नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले पार्टीको वडा र पालिका अधिवेशनको सम्पन्न गर्नुपर्ने भएकाले सो कार्यका लागि समय माग गर्दै बैठक सार्न सभामुखसमक्ष लिखित रूपमा पत्र पठाएका थिए ।

​एमालेको १० औँ महाधिवेशनको सन्दर्भमा एमालेले कार्तिक ६ देखि ९ गते सम्म वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने मिति तोकेको छ । अधिवेशनको तयारी सांसदहरू लाग्नुपर्ने भएकाले प्रदेशसभा बैठकमा उपस्थित नहुने प्रमुख सचेतक निरौलाले बताए ।

गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा पेस गरेकी थिइन् । आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत सम्बन्धी प्रस्ताव बारे छलफल र मत विभाजन हुने कार्यक्रम तय भएको थियो ।

एमाले विभाजनलाई समर्थन गर्दे एमालेका १३ सांसदले गत भदौ २५ गते एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आबद्ध सांसदको नामावलीसहितको निर्वाचन आयोगको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएसँगै मुख्यमन्त्री शाक्य औपचारिक रूपमा अल्पमतमा परेकी थिइन् ।

एमाले विभाज अघि नेपाल पक्षमा रहेकी मुख्यमन्त्री शाक्यले नेपाल पक्षका सांसदहरु हित ५६ जना सांसदका साथ प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरू मध्ये सरकार बचाउन ५५ सांसदको समर्थन आवश्यकता पर्दछ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली काँग्रेस, १३ जना नेकपा एकिकृत समाजवादी, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ । प्रदेशसभामा गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, काँग्रेस र जसपाका गरी कुल ५८ जना सांसद रहेका छन् । जुन सरकार गठनका लागि स्पष्ट बहुमत हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १० : ३८ बजे

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका