५ श्रावण २०८३, मंगलबार | July 22, 2026

मेरा पिकमा फसेका पाँच आरोही तथा पदप्रदर्शकको उद्धार



काठमाडौं । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटर) आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चार विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौं ल्याएको जनाएको छ ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनको खराब मौसमका कारण मेरा पिक आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये स्वदेशी आरोही तथा स्वदेशी पथप्रदर्शकलाई सम्बन्धित कम्पनीको पहलमा उद्धार गरी काठमाडौँ ल्याइएको जानकारी गराएका हुन् ।

एनएमएबाट आरोहण अनुमति लिएर मकालु एडभेन्चार प्रालिमार्फत आरोहणका लागि गएका उहाँहरु सबैको अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

पिक आरोहण गरी फर्कँदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुलाई पनि खोजीका लागि पैदल गएको टोलीले सुरक्षितरूपमा लुक्ला ल्याएको छ ।

यस्तै एड्भेन्चर भिक्टोरी टिममार्फत आरोहणका लागि गएको उक्त टोलीको एक सदस्य छेतेन शेर्पा भने पछिल्लो चार दिनदेखि सम्पर्कविहीन रहेका र एनएमएले सम्बन्धित कम्पनीसँगको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासनका कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी जारी राखेको जनाइएको छ ।

टोलीनेता नुरु शेर्पा र क्लाइम्बिङ गाइड कामी शेर्पाको नेतृत्वमा उनको पैदलयात्रामार्फत पनि खोजी जारी छ । रासस

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : ३१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं