३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पञ्चेबाजाले अन्त्य गरेको छुवाछुत र बाजा बजाएर चलेको जिन्दगी



बुटवल । पाँच वर्षअघि ठुला सपना बोकेर भारत पसेका पाल्पा दोभानका डम्बर बिक सोचेजस्तो भएन । गाउघरमा निर्वाहमुखी ज्यालादारी पेशा अप्नाएका उनि विदेशमा धेरै पैसा कमाउने आशमा छिरेका थिए । हार्डवेयर कम्पनीमा रोजगार गरेर बल्लबल्ल पाच वर्ष पार गरेर उनी बिकल्प खोज्न लागे । गाउघरमै बसेर घर बनाउने ज्याला बरु त्यो बिदेशको रोजगारभन्दा बढी भएको उनले तुलना गरे । पाँच वर्षको अवधिमा जम्मा गरेको थोरै रकम लिएर उनी घर फर्किए ।

उनले गाउ छोडेको यो पाँच वर्षको अवधिमा धेरै परिवर्तन पाए । स्थानिय तहमा जनप्रतिनिधिहरु गाउँ विकासको विषयमा लागेको देखे । केही दिन गाउँघर डुले । साथीभाईसँग भेटघाट गरे । उनी गाउँमा बस्दा पहिले ढोकल बजाउँथे । विशेष गरी न्वागी महोत्सवमा गाउँमा हुने रमाईलोमा उनी बाजा बजाउदा धेरैले तारिफ गर्दथे ।

बाजाको मोहले युवाहरु अहिले गाउमा सामुहिक कृषि, पर्यटन विकासका काममा अग्रसर भएका छन । गाउघरमा हुने शुभकार्यमा उनिहरु न्युनतम शुल्क लिएर बाजा बजाउछन । अन्य समय भने कोही विद्यालय पढाई गर्छन भने कोही ज्यालादारी काममा व्यस्त हुन्छन् ।

पछिल्लो समय झ्याङला गाउँमा न्वागी महोत्सव आयो । सो क्रममा गाँउ बाहिरबाट बाजा बजाउने ल्याएर पुजापाठ भब्य गरियो । नयाँ अन्नबाली भित्र्याउने पर्वका रुपमा मनाईने यो पर्वमा भब्य पूजापाठ गरिदै आएको छ ।

शुभकार्यमा बाजागाजाका लागि बाहिरबाट मगाउनुपर्ने गाउको बाध्यतालाई चिर्ने प्रण गर्दै उनले आफुजस्तै बाजामा रुचि भएका साथीहरु जम्मा गर्न लागे । आफ्नो रुचिका रुपमा रहेको बाजा बजाउने कलालाई ब्यवसायका रुपमा अघि बढाउने गरी अघि बढे । ‘शुरुवातमा बाजाहरु किन्न आर्थिकको अभाव थियो ।’– उनले भने । यस्तोमा स्थानिय अगुवाहरुबाट सहयोग मिलेको उनी बताउछन । झ्याङला स्मार्ट कृषि होमस्टे अन्तरगत युवाहरुलाई आवद्ध गराएर बिहानसाझ बाजा बजाउने प्रशिक्षण शुरु भयो । एक वर्षको अन्तरालमा नै गाउमा हुने शुभकार्यहरुमा बाहिरबाट बाजा मगाउनुपर्ने बाध्यता हट्यो । यतिमात्र होईन अहिले गाँउका युवाहरु बजाबजाए्र आय आर्जनको पाटो बनाउन सफल भएका छन् ।

बाजाका विभिन्न जिम्मेवारी अनुसार स्थानिय युवाहरुलाई तालिम दिईएको छ । जसमा डम्बर बिकले ढोकल, सुनिल थापाले सहनाई बजाउछन । सुनिल सहनाई बजाउने मात्र होईन घर बनाउने काममा पनि निपुर्ण छन । उनले अधिकाश गाउँका घर बनाएका छन । ज्यालादारी गरेर जिवन निवार्ह गरेका उनि अहिले बचेको समयमा शुभकार्यमा बाजा बजाउँदा अझ बढी उत्साह जागेको बताउछन ।

पहिले पहिले बाजा बजाउने काम दमाई वा दलितको हो भने अपहेलना गर्ने गरिएपनि गाँउमा अहिले त्यो अवस्था छैन । गाँउमा बजामा आनन्द लिएपनि व्यवहारमा जातभातको सोँच थियो, तर अहिले पुरानो जातीय छुवाछुतलाई पनि सामुहिक बाजा समुहले निकै कम गराएको छ ।

पहिले पहिले बाजा बजाउने काम दमाई वा दलितको हो भने अपहेलना गर्ने गरिएपनि गाँउमा अहिले त्यो अवस्था छैन । गाँउमा बजामा आनन्द लिएपनि व्यवहारमा जातभातको सोँच थियो, तर अहिले पुरानो जातीय छुवाछुतलाई पनि सामुहिक बाजा समुहले निकै कम गराएको छ । पहिलेको तुलनामा बाजा बजाउनेहरुलाई हेर्ने दुष्टिकोण परिवर्तन भएको उनी ठान्दछन । ‘समुहमा बसेर काम गर्दा छुट्टै मजा आएको छ ।’– उनले भने ।

श्री थानिडाडा माविमा १० कक्षामा अध्ययरत सुमन घर्तिमगरले दमाहा बजाउछन । स्कुले जिवनबाट नै बाजा बजाएर आम्दानीको अनुभव लिएका उनी निक्कै खुशी छन । ‘नास्ता खर्च घरमा माग्नु परेको छैन ।’– उनले भने । यसैगरि भर्खर दोभान माविमा कक्षा १२ परीक्षाको परिक्षा दिएका सचिन जिएमले झ्याली बजाउछन । दोभानमै कक्षा ११ मा अध्ययरत अजित घर्ती मगर दमाहा, ज्ञान बहादुर अर्घालीले कर्नाल, शिव सारुले सहनाई, कुल बहादुर घर्तिमगरले टेम्पो र अभिशेष कुवरले दमाहा बजाउछन । उनिहरुलाई सहयोगीहरु युवराज लम्साल र दिपेश बिकले साथ दिएका छन । अन्य समयमा उनिहरु ज्यालादारी र कृषि कर्म गर्दछन ।

झ्याङला स्मार्ट कृषि होमस्टेका संयोजक ईमानसिह थापाले गाउँघरमै युवाहरु सीप सिकेर रोजगारी सृृजना गर्न सफल भएको बताए । प्रदेश सरकारबाट स्मार्ट कृषि गाउका रुपमा सहयोग पाएपछि धेरै तालिमहरु भएको उनले बताए । युवाहरुले व्यवसायिक तरकारी खेति, भैंसी पालनका तालिमसंगै गाउमै अग्रसर भएको भन्दै यसमा सरकारबाट थप सहयोग गर्नुपर्ने बताउँछन ।

स्मार्ट कृषि भिलेज समितिका अध्यक्ष चोपलाल गिरी तिनाउ गाउँपालिका क्षेत्रमा रहेका धेरै पर्यटकिय क्षेत्रहरु रहेकाले पनि पर्यटनको सम्भावना देख्दछन । यहाँका बस्तीहरुलाई कृषि होम स्टेका रुपमा विकास गर्ने लक्ष्यसहित आफुहरु लागेको उनले बताए । अर्गानिक खाना खुवाउने र होम स्टेको सेवा दिने रुपमा कृषि स्मोर्ट कार्यक्रम शुरु भएको उनले बताए ।

गाउघरमा विकासको लहर शुरु भएको भन्दै युवाहरु कृषि, पर्यटनको क्षेत्रमा अग्रसर भएर सामुहिक रुपमा लागेको उनले बताउछन । कोरोना संक्रमणका कारण कार्यक्रम केही प्रभावित भएको उनिले दुखेसो गरे । सामुदायिक वन उपभोक्ता समुह, स्मार्ट भिलेज र वन कार्यालयमार्फत पंचेबाजा सेट खरिद, होम स्टे संचालनका लागि कपडा खरिदमा सहयोग भएको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : ०३ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर