११ बैशाख २०८१, मंगलबार | April 23, 2024

चाडवाड सुरु भएसँगै जुवातास खेल्ने क्रम बढ्दो, पर्वत र धादिङमा गरि डेढ दर्जन जुवाडे पक्राउ



पर्वत । चाडपर्व सुरु भएसँगै जुवातास खेल्ने क्रम पनि बढेको छ । प्रहरीको आँखा छलि जुवातास खेल्नेहरुले सदरमुकाबाट बाहिर जुवा खेल्ने अड्डा बनाउन थालेका छन् । प्रहरीले एकै दिन पर्वतको कुश्मा र धादिङमा जुवाको अड्डामा छापा मारेर १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

आज बिहानै कुश्मा नगरपालिका-७ खरेहा बस्ने गोबिन्द अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय जित बहादुर सुनार लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको पर्वत प्रहरीले जनाएको छ ।

त्यस्तै धादिङ थाक्रे गाउँपालिका-७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : १४ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको