६ श्रावण २०८३, बुधबार | July 22, 2026

चाडवाड सुरु भएसँगै जुवातास खेल्ने क्रम बढ्दो, पर्वत र धादिङमा गरि डेढ दर्जन जुवाडे पक्राउ



पर्वत । चाडपर्व सुरु भएसँगै जुवातास खेल्ने क्रम पनि बढेको छ । प्रहरीको आँखा छलि जुवातास खेल्नेहरुले सदरमुकाबाट बाहिर जुवा खेल्ने अड्डा बनाउन थालेका छन् । प्रहरीले एकै दिन पर्वतको कुश्मा र धादिङमा जुवाको अड्डामा छापा मारेर १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

आज बिहानै कुश्मा नगरपालिका-७ खरेहा बस्ने गोबिन्द अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय जित बहादुर सुनार लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको पर्वत प्रहरीले जनाएको छ ।

त्यस्तै धादिङ थाक्रे गाउँपालिका-७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : १४ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना