२१ असार २०८३, आइतबार | July 5, 2026

केपी ओलीको एमाले पार्टी महादेवले बोकेको सतिदेवीको लास जस्तै हो : मेटमणी चौधरी



दाङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले केपी ओली नेतृत्वको एमाले पार्टी स्वस्थानीमा महादेवले बोकेको सतिदेवीको लास जस्तै भएको टिप्पणी गरेका छन् । दशैंका अवसरमा एकिकृत समाजवादी दाङले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता चौधरीले स्वस्थानीको कथामा सतिदेबीको लास कुहिएर बिभिन्न भागमा खसेर सक्किए जस्तै गरि एमाले नाश भएर जाने बताए । उनले देशभरी एमालेमा पहिरो जाने क्रम जारी रहेको बताउँदै ओली नेतृत्वको एमाले शुन्यमा झर्ने ठोकुवा गरे ।

एकिकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले एकीकृत समाजबादी पार्टीले नै अब एकीकृत कम्युनिष्टहरुको नेतृत्व गर्ने दावी गरे । उनले केपी ओलीको प्रबृत्तीले एमाले मात्रै नभई कम्युष्टि निति, बिचार र आन्दोलनमा आक्षेप लाग्ने अबस्था आएको बताए । नेता ज्वालाले नेताहरुले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन भएको र बिद्रोहको सृङ्खला जारी रहेकाले एकिकृत समाजवादी पार्टीलाई बिशाल बनाईने दृढ्ता व्यक्त गरे ।

एकिकृत समाजवादी दाङले तिहार तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम राखेको हो । कार्यक्रममा उपमहासचिव प्रकाश ज्वाला, केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज भागवत बिश्वासी, पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी लगायतको उपस्थिति थियो । शुभकामना आदान प्रदानका लागि अन्य दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : २९ बजे

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका