२ कार्तिक २०८३, सोमबार | October 20, 2026

आगामी चैत्र पहिलो साता स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगद्वारा सरकारलाई सिफारिस



काठमाडौं । आगामी चैत्र ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगले सरकारसँग सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले चैत्र ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सिफारिस गरेका हुन् ।

स्थानीय तहको चुनाव दुई २०७४ बैशाख ३१, जेठ ३१ र असोज २ मा गरी तीन चरणमा भएको थियो । संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने रहेको छ । तर, निर्वाचनसम्बन्धी कानूनमा स्थानीय तह रिक्त हुनुभन्दा २ महिनाअघि नै चुनाव भैसक्नुपर्ने रहेको छ ।

यसैगरी आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदको लागि माघमा निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

आयोग पदाधिकारीहरुको प्रस्ताव सुनेपछि प्रधानमन्त्री देउवाले चुनावबारे सरकारले उपयुक्त निर्णय गर्ने बताएका छन् । दलहरुसँग छलफल गरेर यसबारे निर्णय लिइने देउवाले बताए । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा रिक्त हुन लागेको पदका लागि छिट्टै मिति तोक्ने बताएका छन् ।

 

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ३४ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट