२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूति दिने गरी काम गर्न क्याविनेट मन्त्रीहरुलाई मुख्यमन्त्री केसीको कडा निर्देशन



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो क्याजिनेट मन्त्री तथा सचिवहरुलाई प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूति दिने गरि काम गर्न निर्देशन दिएका छन् । आज लुम्बिनी प्रदेशका मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई व्रिफिङको क्रममा मुख्यमन्त्री केसीले प्रदेशबासीलाई “समृद्धी प्रदेश, आत्मनिर्भर प्रदेश” को नारालाई साकार बनाउनका लागि जनतालाई अनुभूति दिने गरी उत्साहपूर्वक जनताको सेवामा लाग्न मन्त्री, राज्य मन्त्री तथा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका हुन् ।

उनले जनताको जनगुनासोलाई पहिलो प्राथमिकतामा राखी सम्वोधन गर्नका सबैलाई सबै मन्त्रीहरुलाई आग्रह गरे । उनले गठबन्धन दलको सरकारको अनुभूति दिनका लागि सबैले आफ्नो कार्यक्षमता, दक्षता र विवेकतालाई अझै गति प्रदान गर्न मन्त्रीहरुलाई निर्देशन दिँदै जनतालाई परिणाम दिने गरी काम गर्न आग्रह गरे । मुख्यमन्त्री केसीले मन्त्रालयको संख्या बढी बनाएपनि आफ्नो खर्चमा मितव्ययिता बनाउँदै अन्तरमन्त्रालयको सहकार्य र समन्वयमा काम गरी अगािड बढ्नका लागि मन्त्रीहरुलाई निर्देश गरे ।

उनले मन्त्रालय सम्हालेका मन्त्रीहरुले राजनीतिक स्प्रीटका आधारमा कामलाई गति दिन आवश्यक रहेको समेत औल्याए । कार्यक्रममा सहभागी मन्त्री तथा मन्त्रालयका सचिवहरुले कामको गतिलाई बढाउने र परिणाम देखिने गरि काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ४८ बजे

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा