७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बाढीले ३ लाख २५ हजार मेट्रिकटन धानबाली नोक्सान



काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण सातवटै प्रदेशमा ३ लाख २५ हजार मेट्रिकटन धानबालीमा नोक्सान पुगेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रदेशगत क्षतिको विरण अनुसार सातवटै प्रदेशमा कुल ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धानबालीमा नोक्सानी पुगेको हो ।

यसअघि मन्त्रालयले प्रदेश नम्बर १, लुम्बिनी र सुदूर पश्चिमसहित तीनवटा प्रदेशको मात्रै प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो जसमा ७ अर्ब २२ करोड रूपैयाँ बराबरको २ लाख ५८ हजार मेट्रिकटनभन्दा बढी धानबाली क्षति भएको अनुमान गरिएको थियो ।

मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरीसहितका तीन जिल्लामा ८० करोड रूपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिकटन धानबाली नोक्सान भएको छ । बाढीले गर्दा यी तीन जिल्लाका ४९ हजार ९ सय ४५ हेक्टर जमिनमा लगाइएको धानबालीमा असर पुगेको छ । त्यसमध्ये ७ हजार ४ सय ९२ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण क्षति भएको छ ।

प्रदेश नम्बर दुईका सप्तरी, सिराहा र सर्लाही जिल्लामा ५६ करोड रूपैयाँ बराबरको २० हजार ३ सय ५० मेट्रिकटन धानबालीमा नोक्सानी पुगेको छ । यहाँ ४८ हजार ६ सय ८४ हेक्टर जमिनमा लगाइएको धानबालीमा असर गरेको र ५ हजार ३ सय ५५ हेक्टर जमिनमा पूर्ण क्षति गरेको छ ।

बागमती प्रदेशमा सबैभन्दा कम क्षति भएको छ । चितवन र नुवाकोट जिल्लामा कुल ७ हजार ५ सय हेक्टर जमिनमा लगाइएको धानबालीमा बाढीले असर गरेको छ । त्यसमध्ये ५ सय ३० हेक्टर जमिनको धानबाली पूर्ण क्षति भएको छ । यहाँ ५ करोड ८० लाख रूपैयाँ बराबरको २ हजार ६८ मेट्रिकटन धानको क्षति भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

लुम्बिनी प्रदेशका बर्दिया, कपिलबस्तु, बाँके र रूपन्देही जिल्लामा सबैभन्दा बढी ४ अर्ब ५१ करोड रूपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानको क्षति भएको छ । यस प्रदेशमा बाढीले ९३ हजार ५ सय ७६ हेक्टर जमिनको धानबालीमा असर गरेको र ४२ हजार ४ सय २७ हेक्टर जमिनको धान पूर्ण रूपमा क्षति भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा १३ करोड रूपैयाँ बराबरको ४ हजार ५ सय ३० मेट्रिकटन, कर्णाली प्रदेशमा ३० करोड रूपैयाँ बराबरको ४० हजार २ सय १९ मेट्रिकटन र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड रूपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिकटन धानबाली क्षति भएको भएको छ । गण्डकीमा स्याङ्जा र कास्की, कर्णालीमा डोल्पा, जुम्ला, सल्यान र सुर्खेत, सुदूरपश्चिममा कैलाली र कञ्चनपुर जिल्लामा बाढीले क्षति पुर्‍याएको छ ।

प्रदेशस्तरमा तथ्याङ्क सङ्कलनमा समन्वय र सहजीकरणका लागि मन्त्रालयले सातवटै प्रदेशमा १र१ वटा कार्यटोली गठन गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । उनका अनुसार क्षतिको मूल्याङ्कन र राहत उपलब्ध गराउनेबारेमा मङ्गलवार सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवहरूको बैठक मन्त्रालयमा बस्दै छ । उक्त बैठकपश्चात पूर्ण क्षतिको विवरण यकिन हुने भएकाले पीडित किसानलाई राहत दिने सम्बन्धमा निर्णय हुने उनले बताए । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ४५ बजे

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन