२४ मंसिर २०८२, बुधबार | December 10, 2025

बाढीले ३ लाख २५ हजार मेट्रिकटन धानबाली नोक्सान



काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण सातवटै प्रदेशमा ३ लाख २५ हजार मेट्रिकटन धानबालीमा नोक्सान पुगेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रदेशगत क्षतिको विरण अनुसार सातवटै प्रदेशमा कुल ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धानबालीमा नोक्सानी पुगेको हो ।

यसअघि मन्त्रालयले प्रदेश नम्बर १, लुम्बिनी र सुदूर पश्चिमसहित तीनवटा प्रदेशको मात्रै प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो जसमा ७ अर्ब २२ करोड रूपैयाँ बराबरको २ लाख ५८ हजार मेट्रिकटनभन्दा बढी धानबाली क्षति भएको अनुमान गरिएको थियो ।

मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरीसहितका तीन जिल्लामा ८० करोड रूपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिकटन धानबाली नोक्सान भएको छ । बाढीले गर्दा यी तीन जिल्लाका ४९ हजार ९ सय ४५ हेक्टर जमिनमा लगाइएको धानबालीमा असर पुगेको छ । त्यसमध्ये ७ हजार ४ सय ९२ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण क्षति भएको छ ।

प्रदेश नम्बर दुईका सप्तरी, सिराहा र सर्लाही जिल्लामा ५६ करोड रूपैयाँ बराबरको २० हजार ३ सय ५० मेट्रिकटन धानबालीमा नोक्सानी पुगेको छ । यहाँ ४८ हजार ६ सय ८४ हेक्टर जमिनमा लगाइएको धानबालीमा असर गरेको र ५ हजार ३ सय ५५ हेक्टर जमिनमा पूर्ण क्षति गरेको छ ।

बागमती प्रदेशमा सबैभन्दा कम क्षति भएको छ । चितवन र नुवाकोट जिल्लामा कुल ७ हजार ५ सय हेक्टर जमिनमा लगाइएको धानबालीमा बाढीले असर गरेको छ । त्यसमध्ये ५ सय ३० हेक्टर जमिनको धानबाली पूर्ण क्षति भएको छ । यहाँ ५ करोड ८० लाख रूपैयाँ बराबरको २ हजार ६८ मेट्रिकटन धानको क्षति भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

लुम्बिनी प्रदेशका बर्दिया, कपिलबस्तु, बाँके र रूपन्देही जिल्लामा सबैभन्दा बढी ४ अर्ब ५१ करोड रूपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानको क्षति भएको छ । यस प्रदेशमा बाढीले ९३ हजार ५ सय ७६ हेक्टर जमिनको धानबालीमा असर गरेको र ४२ हजार ४ सय २७ हेक्टर जमिनको धान पूर्ण रूपमा क्षति भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा १३ करोड रूपैयाँ बराबरको ४ हजार ५ सय ३० मेट्रिकटन, कर्णाली प्रदेशमा ३० करोड रूपैयाँ बराबरको ४० हजार २ सय १९ मेट्रिकटन र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड रूपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिकटन धानबाली क्षति भएको भएको छ । गण्डकीमा स्याङ्जा र कास्की, कर्णालीमा डोल्पा, जुम्ला, सल्यान र सुर्खेत, सुदूरपश्चिममा कैलाली र कञ्चनपुर जिल्लामा बाढीले क्षति पुर्‍याएको छ ।

प्रदेशस्तरमा तथ्याङ्क सङ्कलनमा समन्वय र सहजीकरणका लागि मन्त्रालयले सातवटै प्रदेशमा १र१ वटा कार्यटोली गठन गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । उनका अनुसार क्षतिको मूल्याङ्कन र राहत उपलब्ध गराउनेबारेमा मङ्गलवार सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवहरूको बैठक मन्त्रालयमा बस्दै छ । उक्त बैठकपश्चात पूर्ण क्षतिको विवरण यकिन हुने भएकाले पीडित किसानलाई राहत दिने सम्बन्धमा निर्णय हुने उनले बताए । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ४५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल