१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बालबालिकाको रुचि मोबाइल, पढाइमा कम ध्यान



पाल्पा । कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुपर्यो ।

अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे । अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको किताबमा केन्द्रीत भइ अध्ययन गर्नमा रुचीमा भने कमी भएको पाइएको छ ।

न्यू होराइजन स्कुल पाल्पाका प्रिन्सिपल, डासुराम पन्तले अनलाइन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताए। कक्षाकोठामा विद्यार्थी रहेपनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको प्रिन्सिपल पन्तको भनाइ छ ।

विद्यार्थी नियमित रुपमा विद्यालयमा उपस्थिति भए पनि अध्ययनमा पूर्ण रुपमा सक्रियता देखाउन सकेको स्थिति छैन । गृहकार्य गर्न समेत पहिलाको तुलनामा कमी देखिएको छ । पाल्पाका स्थानीय तहले भदौको अन्तिम, असोज महिनाको पहिलो साताबाट विद्यालय नियमित रुपमा सञ्चालनमा ल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा निरुत्साहित विद्यार्थी शिक्षकको उपस्थितिमा अध्ययन गर्न पाउँदा चहलपहल बढेको छ ।

विद्यालय परिसरमा सहकर्मीसँग दैनिक भेटघाट र अभ्यास, खेलकूदका गतिविधिमा नियमित सहभागिता हुन पाउँदा खुसी लागेको न्यू होराइजन स्कुल पाल्पामा कक्षा १० मा अध्ययनरत रञ्जन भण्डारीले बताए ।

पाल्पाका विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएसँगै विद्यालयमा शिक्षक, विद्यार्थीको चहलपहल देखिएको छ । कोरोना सङ्क्रमणको जोखिमले सुनसान विद्यालय धमाधम खुलेपछि शिक्षक विद्यार्थीको उपस्थितिले चहलपहल ल्याएको हो ।

राम आधारभूत विद्यालय, बगनासकालीका प्राधानाध्यापक गुनबहादुर गाहाले जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका शिक्षकले स्वास्थ्य मापदण्डको पालना गराउन चासो देखाउनुपर्ने बताए । तर, अधिकांश विद्यालयमा खासै चासो नदेखाउदा विद्यार्थीमा कुनै उत्साह देखिएको छैन ।

पाल्पाका निजी तथा सरकारी विद्यालयसमेत विद्यार्थीले मुखमा मास्क, सेनिटाइजर र सामाजिक दूरीलाई अनिवार्य गरिनुपर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ५४ बजे

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार

घोराही–लमही सडक विस्तार थालियो

दाङ । यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा